साउदी अरब – अरब क्लब च्याम्पियन्स कपको उपाधि अल–नासरले जितेको छ । क्रिस्टियानो रोनाल्डोको दुई गोलसँगै अल–नासरले पहिलोपटक अरब क्लब च्याम्पियन्स कपको उपाधि जित्न सफल भएको हो ।अल– नासरले अल–हिलाललाई २–१ ले हराउँदै अल–नासरले उपाधि हात पारेको हो ।
पहिलो हाफ गोलविहीन बनेपछि दोस्रो हाफको सुरुवातमा नै अल हिलालले ब्राजिलियन खेलाडी माइकलको गोलमा अग्रता बनायो । तर, ७४ औँ मिनेटमा पोर्चुगिज खेलाडीले सुल्तान अल–घानमको पासमा गोल गर्दै खेल बराबरी गरे ।
अतिरिक्त समयमा रोनाल्डोले अर्को गोल थप्दै टोलीलाई जीत दिलाए । खेलको अन्त्यतिर भने रोनाल्डो घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए ।