काठमाडौं– रियल म्याड्रिड र पेरिस सेन्ट– जर्मेनका पूर्व डिफेन्डर सर्जियो रामोस आफ्नो बाल्यकालको क्लब सेभिल्लामा फर्किएका छन् । उनी १८ वर्षपछि आफ्नो पुरानो क्लबमा फर्किएका हुन् ।
उनले क्लबसँग एक वर्षको करार गरेका छन् । ‘यो विशेष दिन हो । घर फर्किनु जहिले पनि खुसीको कुरा हो,’ रमोशले भनेका छन् । सेभिया हाल ला लिगाको पुछारमा रहेको छ । ‘क्लबका लागि चाँडोभन्दा चाँडो योगदान दिनका चाहन्छु जुन सबैभन्दा महत्त्वपूर्ण कुरा हो,’ उनले भनेका छन् ।
रामोशले स्पेनसँग विश्वकपसहित दुईवटा युरोपियन च्याम्पियनसीपको उपाधि जितेका छन् । १६ वर्षको करियरमा उनले कीर्तिमानी १६० खेल खेलेका छन् । रियल मड्रिडसँग उनले ४ वटा च्याम्पियन्स लिगको उपाधि उचालेका थिए ।