काठमाडौं – नेकपा मालेका महासचिव सीपी मैनाली गाडी दुर्घटनामा परी घाइते भएका छन् । महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा बिहीबार दिउँसो मैनाली सवार बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्कीँदा मैनाली घाइते भएका हुन् । दुर्घटनामा परी मैनालीको खुट्टा फ्र्याक्चर भएको छ र शरीरका विभिन्न स्थानमा चोट लागेको छ ।
प्रहरीका अनुसार महासचिव मैनालीको बर्दिबासस्थित एक अस्पतालमा उपचार भइरहेको छ र थप उपचारका लागि उनलाई काठमाडौँ पठाइने छ । हाल उनको उपचार महोत्तरीस्थित जनसेवा अस्पतालमा भइरहेको छ। मैनाली सवार कारलाई विपरीत दिशाबाट आइरहेको पिकअप भ्यानले ठक्कर दिएको बताइएको छ ।