रुस– रुसी क्षेप्यास्त्र, ड्रोन र तोप हमलामा कम्तीमा ११ जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार पश्चिमी मुलुकहरूसँग थप हवाई–रक्षा प्रणाली चाँडो उपलब्ध गराउन आह्वान गरेका छन् ।
दक्षिणी बन्दरगाह सहर ओडेसामा रातभर भएको ड्रोन हमलामा एक बालक र एक शिशुसहित आठ जनाको मृत्युको पुष्टि भएको छ । उत्तरपूर्वी खार्किभ तथा दक्षिणमा खेरसन र जापोरिजियाको सीमावर्ती क्षेत्रहरूमा भिन्नाभिन्नै गोलाबारी हमलामा अन्य तीन जना मारिएको युक्रेनी अधिकारीहरूले जानकारी दिएका छन् ।
“रुसले लगातार नागरिकहरूमाथि हमला गरिरहेको छ”, राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमा भने, “हामीलाई हाम्रा साझेदारहरूबाट थप हवाई प्रतिरक्षा आवश्यक छ, हामीलाई आफ्ना नागरिकहरूलाई रुसी आतङ्कबाट थप सुरक्षा प्रदान गर्नका लागि युक्रेनी हवाई ढाललाई बलियो बनाउन आवश्यक छ, थप हवाई–प्रतिरक्षा प्रणालीका लागि थप क्षेप्यास्त्रले जीवन बचाउँछ ।”