काठमाडौं– माओवादी–एमालेको नयाँ गठबन्धनका दुबै दलका नेताहरुले राप्रपालाई गठबन्धनमा नल्याउने बताएका छन् ।
प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरुलाई राप्रपालाई गठबन्धनमा नलिने सहमति भएको बताए ।
संसदको सबभन्दा ठूलो दल कांग्रेस पनि गठबन्धनमा नआउने भन्दै उनले भनेका थिए, ‘अरु दल गठबन्धनमा आउनसक्छन् ।’एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि एजेण्डा पनि नमिल्ने भएकाले राप्रपालाई गठबन्धनमा नलिने समझदारी भएको बताए ।