काठमाडौं– नेपाली कांग्रेसका मन्त्रीहरुले राजीनामा नदिने बताएका छन् ।
सोमबार दिउँसो बसेको कांग्रेस पदाधिकारी बैठकले राजीनामा नदिने निर्णय गरेको उपसभापति तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्ती धनराज गुरुङले जानकारी दिए ।
उनले प्रधानमन्त्रीले बाटो फेरेको आरोप लगाउदै राजीनामा नदिने बताए । कांग्रेस अब प्रतिपक्षमा बस्ने र संसदको दह्रोसँग उपयोग गर्ने गुरुङले बताए ।
प्रचण्ड नेतृत्वको वर्तमान मन्त्रिपरिषदमा नेपाली कांग्रेसबाट ९ जना सदस्य छन् ।