काठमाडाैं - कांग्रेससँगको गठबन्धन तोडिएपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।आज शितलनिवासमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्यालले सपथग्रहण गरेका हुन् ।
पहिलो चरणमा माओवादीबाट हितबहादुर तामाङ, एमालेबाट संसदीय दलका प्रमुख सचेतक समेत रहेका पदम गिरी र रास्वपाका उपाध्यक्ष समेत रहेका डोलप्रसाद अर्यालले बिना विभागीय मन्त्रीहरुका रुपमा सपथग्रहण गरेका हुन् ।
नेकपा माओवादी केन्द्रले एमाले, रास्वपा, जसपा लगायतका दलसँग मिलेर नयाँ गठबन्धन बनाउँदै केन्द्रमा आफू नेतृत्वको सरकारलाई निरन्तरता दिन पहल गरेको हो ।