काठमाडाैं - प्रेस काउन्सिल नेपालले युट्युब व्यवस्थापनसम्बन्धी सचेतानात्मक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेकाे छ । युट्युबमा विभिन्न अतिरञ्जानत्मक श्रव्य-दृष्य सम्प्रेषण गरेकाे भन्दै उजुरीहरु बढ्दै गएकाले युट्युब व्यवस्थापनसम्बन्धी प्रेस काउन्सिलले सचेतानात्मक अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेकाे हाे ।
प्रेस काउन्सिलकाे याे अभिमूखिकरण कार्यक्रम दाेस्राे पटक गरेकाे हाे । करिब ४५ युट्युब सञ्चालन गर्ने व्यक्ति, संघ-संस्थाहरुलाई काउन्सिलले पत्र काटेर कार्यक्रममा सहभागी हुन अनुराेध गरेकाे प्रेस काउन्सिलका सूचना अधिकारी प्रमुख रामशरण बोहाेराले बताए । तर पत्र काटेकामा थाेरै मात्रकाे उपस्थिति देखिएकाे थियाे ।
युट्युब सञ्चालन गर्नेहरुले पत्रकार आचारसंहिताभन्दा बाहिर नाघेर काम गर्न नहुने रामशरण बोहाेराले बताए । याे आर्थिक वर्षमा सम्प्रेषित समाग्रीहरुमा २९ वटा काउन्सिलमा उजुरी परेकाे उनले बताए । उनका अनुसार उजुरी परेकाहरुमध्ये पचास प्रतिशत महिला चरित्र हत्याकाे उजुरी परेका छन् ।
उक्त कार्यक्रममा कार्यक्रमकाे सहजकर्ता प्रेस काउन्सिल नेपालका आचारसंहिता अनुगमनका ,अधिकृत महेन्द्र सिंहले गरेका थिए । प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालले युट्युबकाे परिचय र शाब्दिक अर्थका बारेमा, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शुभेच्छाविन्दु तुलाधरले बालबालिका,महिला,जेष्ठ नागरिकका बारेमा कसरी सम्प्रेषण गर्ने भन्नेबारेमा बताइन् ।
काउन्सिलका सूचना अधिकारी प्रमुख रामशरण बोहाेराले काउन्सिलमा परेका उजुरीका बारेमा र पत्रकार महासंघका अध्यक्ष विपुल पाेखरेलले विभिन्न भएका विषयवस्तुका विषयमा स्पष्टिकरण गरे । उनले विभिन्न उजुरी परेकालाई पनि कारबाही गर्ने र पत्रकार आचारसंहिताकाे दायरामा ल्याउन पहल गर्ने बताए ।