काठमाडौं(प्रस)– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्दैछन् । बालुवार स्रोतका अनुसार नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण बुधबार हुँदैछ ।
यसअघि विदेशमा आफ्नो स्वास्थ्य चेक जाँच गराउँदै आएको उनले नेपालमै मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् । प्रधानमन्त्री ओलीको बुधबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिन लागेको छ । जसका लागि उनी आज सोमबार अस्पताल भर्ना हुँदै छन् ।
प्रधानमन्त्री ओलीले करिब १३ वर्षअघि पहिलोपटक मिर्गाैला प्रत्यारोपण गरेका थिए । त्यो मिर्गाैलाले काम नगरेपछि उनको दोस्रोपटक प्रत्यारोपण गर्न लागिएको हो । प्रधानमन्त्री ओलीले केही महिनायता नियमति डायलसिस गराउँदै आएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६ ०५:३८