काठमाडौं– नेकपा एमाले र नेकपा माओवादी केन्द्र सम्मिलित सत्ता गठबन्धनबीच मन्त्रालयको भागबन्डा टुंगिएको छ । भागबन्डा टुंगिएपछि बुधबार साँझसम्म शपथग्रहणको तयारी अघि बढाइएको छ । नयाँ मन्त्रीहरूले सपथ बुधबार साँझ ५ बजे गर्ने तयारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले दलहरूबीच मन्त्रालयको भागबन्डा मिलाएको हो ।
भागबण्डा अनुसार नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ ।
रास्वपालाई गृह र माओवादीलाई अर्थ दिनेगरी समझदारी जुटेको छ ।