रामपुर - अन्तर्राष्ट्रिय महिला दिवस :महिला खेलाडीलाई सम्मान गरेकाे छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा खेल क्षेत्रमा प्रोत्साहन गर्दै पाल्पाको रामपुर नगरपालिकाले महिला भलिबल खेलाडीलाई नगदसहित सम्मान गरेकाे हाे ।
नगर प्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापालगायतले लुम्बिनी प्रदेशको महिला भलिबल टिमलाई सम्मान गरेका छन् ।
तस्बिर: सुशीला रेग्मी/रासस