मनाङ - नेपाली सेनाको टोलीले हिउँ र जमेको छहराको वरफ काटेर बाटो खुलाएका छन् ।
हिमपातका कारण मनाङ चामेमा रहेको इन्द्र दल गुल्मकाे आवतजावत गर्ने एकमात्र घोडेटो बाटोमा हिउँ र जमेको छहराको वरफ काटेर बाटो खुलाएका हुन् ।
हिमपातका कारण नार्पाभूमि गाउँपालिका र सदरमुकाम चामे आवतजावत गर्न मनाङबासीलाई निकै कष्टकर हुँदै गएकाे छ ।