काठमाडौं– नेपाली कांग्रेसले संसद्को सार्वजनिक लेखा समिति सभापतिमा दाबी गर्ने भएको छ । संसदमा प्रमुख प्रतिपक्षी दल बनेसँगै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सो समितिको नेतृत्वमा कांग्रेसले दाबी गर्ने बताएका छन् ।
संघीय संसद्का १६ वटा विषयगत समितिमध्ये सबैभन्दा महत्त्वपूर्ण मानिने गरिएको सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन रही आएको छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकार रहेका बेला प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमाले सो समितिको नेतृत्व पाएको थियो ।
सार्वजनिक निकायका आर्थिक क्रियाकलाप, महालेखापरीक्षकको वार्षिक प्रतिवेदन र सम्बद्ध विषय तथा निकायहरू यो समितिको कार्यक्षेत्र रहेको छ ।