काठमाडौं– पश्चिम सुमात्रा प्रान्तको पेसिसिर सेलाटनको इन्डोनेसियाली रिजन्सीमा बाढी र पहिरोका कारण कम्तिमा दश जनाको मृत्यु भएको स्थानीय विपत् व्यवस्थापन निकायले जनाएको छ । उक्त घटनामा अन्य दश जना बेपत्ता भएका छन् ।
पेसिसिर सेलाटन विपत् न्यूनीकरण एजेन्सीका अनुसार उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेको उल्लेख गरे ।
गुसरिजलका अनुसार ४५ हजार भन्दा बढी मानिसहरू सेलाटानका विभिन्न स्थानमा अस्थायी आश्रयस्थलमा बसिरहेका छन् । बर्षा कारण २० हजारभन्दा बढी घर डुबानमा परेको र कम्तीमा आठ वटा पुल भत्किएका छन् ।
बिहीबारदेखि यस क्षेत्रमा परेको भारी वर्षाले गर्दा धेरै गाउँहरूमा पुग्ने सडक अवरुद्ध भएको छ भने स्थानीयहरू विद्युतविहीन भएका छन् ।