काठमाडौं– नवनियुक्त उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले आज आइतबारबाट पदभार सम्हालेका छन् । उपप्रधानमन्त्री यादवले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार सम्हालेका हुन् ।
जसपाबाट उपप्रधानमन्त्री भएका यादवले आजै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।