काठमाडाैं - जुद्ध ढाक्रे राई पार्टी परित्याग गरेकाे घाेषणा गरेका छन् । जनता समाजवादी पार्टीमा आबद्ब भई राजनीति गरिरहेका जुद्ध ढाक्रे राईले एक विज्ञप्ति निकालेर आज पार्टी परित्याग गरेकाे घाेषणा गरेका हुन् ।
उनले पार्टी परित्याग गरेकाे स्वघाेषणा जस्ताकाे त्यस्तै :
ढाक्रेको पत्रचार सम्बन्धित सबैमा हार्दिक अपिल !
– जुद्ध ढाक्रे राई
सर्वप्रथम जनता समाजवादी वार्टी अध्यक्ष लगायत मन्त्री पद प्राप्त गर्नुहुने सबैलाई हार्दिक बधाइ छ । तर मैले अपिल गर्नुपर्ने विषय अर्कै रहेको छ त्यो हो अब सबैले जसपा परित्याग गरी अर्को राष्ट्रवादी र पहिचानवादी साँच्चै भुइमान्छेहरुको शक्ति निर्माण अभियानमा जुटौ भन्ने विषय हो । किनभने शास्त्रमा पनि कुनै बिरुवाले “१२ वर्षमा पनि कुनै फल दिएन भने त्यसलाई उखेलेर अर्को बिरुवा रोप्नुपर्छ” भनेर व्याख्या गरिएको छ ।
ससपादेखि जसपासम्म आउँदा ११ वर्ष बितिसकेछ । यस दौरानमा केहिले सांसद मन्त्री भएर धोती र पेटिकोट फेरे होलान् अरु त केही भएको छैन । मुदा जस्ताको तस्तै छ । पार्टीका कार्यकर्ताहरु दःुखको भवसागर मै छन् । देशलाई त्रास दिने एउटा सानो रेखा पनि कोर्ने कोशिस भएको देखिएको छैन । मन्त्री भएर जानेहरु आफ्नो भत्ता र कहाँ कमिसन मिल्छ, त्यसको मात्रै खोजी गरेको देखिन्छ र देश र जनतालाई जाकटीमा राखेर जहिले पनि राजनीतिक सौदाबाजी गरेको मात्रै ११ वर्षको अनुभव बटुलिएको छ । यस सन्दर्भमा पार्टीका ठुला भनाउँदा नेताहरुले के–के गर्नुभयो बुँदागत रुपमा प्रस्तुत गरेर मेरो आफ्नो कुरा सम्बन्धित सबैमा राख्न चाहान्छु ।
१) उपेन्द्र यादवजीलाई कुनै राष्ट्रिय नेता हुन पनि छैन । उहाँँमा कुनै राष्ट्रिय नेता हुने योग्यता पनि छैन । पार्टी कसरी सञ्चालन गर्ने भन्ने ज्ञान पनि छैन र पार्टीका क्याडरसहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने कुराको मतलव पनि राखेको देखिदैन । एउटै उहाँँको मधेस जनविद्रोह गरेर प्राप्त गरेको प्रमाणपत्र (मधेसका मसिह) भन्ने थियो त्यसको प्रतिफल पटक–पटक मन्त्री भएर खाइसक्नु भएको छ । अझै त्यो प्रमाणपत्रको मूल्य बढ्छ कि भन्ने आशामा हुनुहुन्छ तर त्यसको मूल्य अब अबमूल्यन भैसकेको छ ।
२) धेरै चरणको पार्टी एकतापछि पार्टीलाई नयाँ धारमा निर्माण गर्ने र हिजो पृथ्वीनारायण शाहको कालमा एकीकरणको नाममा हस्तक्षेप गरी उत्पीडनमा पारिएका राष्ट्रियताहरुलाई कम्तिमा प्रदेशको नामाकरण गरी ती समुदायहरुको शिर उठाउने वा माङ्गना गर्ने भनेर सुरु गरिएको पार्टी अभियानमा सम्पन्न भएको बिधान अधिबेशनबाट उहाँँले तुसारापात गर्नुभयो र मोरङ, झापा र सुनसरी जिल्लालाई उहाँँले मधेस प्रदेशमा प्रस्तवमा राख्नु भयो । हामीले प्रश्न उठायौँ तर उहाँँले कार्यकारिणी समितिमा लगेर पास गरेर ल्याउनु भयो । यस विषयमा अशोक राई र रकम चेम्जोङले बोल्नुपर्ने थियो । उहाँहरु पनि बोल्नु भएन बरु आजसम्म उपेन्द्र यादवजीकै मतियार भएर बस्नु भएको छ । सायद मन्त्री पद पाइन्न भन्ने डरले हुन सक्छ । उपेन्द्र यादवजीलाई इतिहासको ज्ञान पनि रहेन छ क्यारे, आज जुन मधेस प्रदेश बनाइएको छ त्यो इतिहासकालमा त्यो बिदेह सभ्यता थियो र त्यो किरात सभ्यता अन्तरगत थियो । उहाँले अहिले पनि एक मधेस र एक प्रदेशाको अवधारणा जिवितै राखेको देखिन्छ ।
३) हाम्रो सानोतिनो भरथेगले उहाँले मधेस प्रदेश बनाउन त सफल हुनु भयो र एक मात्र प्रदेश पहिचानको नाममा नामाकरण गर्न सफल भएको छ तर त्यहाँ पनि चरम रुपमा भ्रष्टाचार छ भनेर जसपाको एउटा राजनीतिक समितिको बैठकमा उहाँको पवित्र मुखरबिन्दुबाट बैठकमै रिपोर्टिङ गर्नु भएको थियो । उहाँले नै मुख्यमन्त्री बनाउनु भएका महान मधेसी नेताहरु नै हुन् । उहाँकै चेला चपेटा हुन् । उहाँले कस्तो राजनीतिक संस्कार सिक्नु भयो र चेलाहरुलाई के सिकाउनु भयो । बल्लबल्ल प्राप्त भएको पहिचानयुक्त प्रदेशमा नमुना काम गरेर देशकै आकर्षण खोज्नु पर्नेमा मन्दिरमा, मस्जिदमा, गुरुद्वारमा पैसा खनाइएको छ। छात्राहरुलाई साइकल किनिदिदाको भ्रष्टाचार सतहमै आउने गरी छानबिन हुन थालेको छ । हँुदाहँुदा अस्ति एउटा कार्यक्रममा त आफैले संघीयता फेल भयो भनेर बोल्नु भयो । यसभन्दा अगाडिसम्म संघीयताको जनक मै हुँ भन्नू हुन्थ्यो ।
४) गएको निर्वाचनमा जानूअघि जसपाले एमाले भनेको प्रतिगमणकारी पार्टी हो भनेर आफ्नो दस्ताबेजमा दास्ताबेजिकरण गरेको थियो त्यो दस्ताबेजलाई नसुधारिकन नै एमालेसँग तालमेल गर्न पुगे, त्यसको परिणाम सप्तरीमा चुनाव उहाँँ आफैँ हार्नुभयो र संसदीय दलको नेतामा उहाँको पिठ्ठु रामसहाय यादवलाई बनाउनु भयो । जतिसुकै नालायक भए पनि त्यो पद अशोक राईलाई दिनुपर्ने थियो । यस्तो घटना भनेको राजनीतिमा पदलोलुप्ता र राजनीतिकको अपरिपक्वताको प्रमाण हो ।
५) उहाँँ राजनीतिज्ञभन्दा राजनीतिक सौदागर हो । संगठनमा कसले कति राम्रो काम ग¥यो भन्ने केही मतलव छैन । कसैले उहाँलाई पैसा दियो भने पार्टीमा दिनरात खटेको मान्छेभन्दा अगाडि अरुलाई पद दिई हाल्नुहुन्छ । पार्टीमा बिदेश विभाग त छ तर उहाँले जसले पैसा दिन्छ उसैलाई राजदूत बनाउनु हुन्छ । राजदूत बन्ने मान्छेको बारेमा कुटनीतिक हैसियत कति छ । देशको बारेमा कति लेख लेखेका छन् । त्यसको बारेमा विदेस विभागको परामर्श पनि उहाँलाई चाहिदैन । बस उहाँलाई मुद्रालाभ हुनुप¥यो, अरु केही चाहिदैन ।
६) उहाँँ संस्कारबिहिन र बौद्धिकताबिहिन पनि र असभ्य पनि हो । बौद्धिकताबिहिन भनेको मान्छेले एम.ए.पास गर्दैमा त्यो बौद्धिकता हँुदैन । उसले अरुसँग कुन लेबलमा बसेर बार्तालाभ गर्छ र व्यावहार गर्छ, त्यसैले निर्धारण गर्दछ । संविधान घोषणा भएपछि संविधानले आदिबासी÷जनजाति, मधेसी, शिल्पी÷दलित र सारा उत्पीडित समुदायलाई समेटेन भनेर पार्टीले मधेस आन्दोलन गर्ने निर्णय ग¥यो र छ महिना आन्दोलन ग¥यो । त्यो आन्दोलनकै क्रममा केपि ओलीसँग दुई बँुदे सम्झौता भयो ।
सम्झौताको (१) मा आवश्यक्तन अनुसार संविधान संसोधन गर्ने र जसपा नेपाल सरकारमा सामेल हुने । त्यसपछि उहाँँ स्वास्थ्य मन्त्री हुनु भयो । त्यसबेला विभिन्न आयोगहरु खाली थिए र सङ्गीत तथा नाट्यप्रतिष्ठान पनि खाली थियो । राजकुमार राईजी आदिवासी आयोगमा र म सङ्गीत तथा नाट्य प्रतिठानमा कुरा गर्ने भनेर आ–आफ्नो व्यक्तिगत विवरण लिएर गएका थियौँ । र मैले लेखेको किताब पनि मैले उहाँलाई दिँदै मैले भने अध्यक्षजी सङ्गीत तथा नाट्य प्रतिष्ठान खाली भएछ, मेरो लागि कुरा गर्नु होला भनेको थिएँ । त्यो शब्द सुन्ने बितिकै उहाँले भन्नु भयो, त्यो कम्युनिस्टहरुसँग कुरा गर्नु पर्छ भनेर भन्नू भयो । उहाँँ आफैँ केपि ओलीको उपप्रधानमन्त्री हुनुहुन्थ्यो । भनेपछि सुसंस्कृत मान्छेको मुखबाट यो शब्द भनेको आउँछ भन्ने मलाई लाग्दैन । जब कि २०६८ सालमै नेपाल सरकारले मलाई सङ्गीत तथा नाट्य बिधामा प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको थियो । पार्टीमा पनि मेरै शब्द, मेरै सङ्गीत र स्वरका पार्टी गीतहरु चर्चामा थिए र अझै पनि छन् । अर्को गत निर्वाचनमा लाक्पा शेर्पा सोलु र डा. केके राई खोटाङलाई चुनाव खर्च १०÷१० लाख पठाउनु भएछ ।
म ओखलढुंगाबाट संघमा लडेको थिएँ मलाई ९० हजार पठाउनु भएको थियो । जब बिना तालमेल ओखलढुंगामा एउटा गाउँपालिका अध्यक्ष जितेको थियो । सोलुमा गिरो र खोटाङमा तालमेलामा एउटा गाउँपालिका उपाध्यक्ष मात्रै जितेको थियो । किन त्यसो उहाँले गरेको होला भन्दा लाक्पा शेर्पा र डा.केके राई उहाँको चाकडी गर्न पुगे म नीति र प्रक्रिया अनुसार हुनुपर्छ भन्ने मान्छे हो । त्यसैले उनीहरु उहाँको प्यारो भए । जब कि उनीहरु दुई जनामध्ये म धेरै नै पार्टीमा सिनियर पनि थिएँ । त्यसैले उहाँँ संस्कृतिबिहिन र उहाँँ असभ्य मान्छे पनि हो । अरुको मूल्याङ्कन गर्न नचाहने, एकदमै व्यक्तिवादी र आफ्नो मात्रै विकास समृद्धि चाहाने व्यक्ति हो ।
७) अर्को कुरा पहाडी र हिमाली जनता अथवा आदिबासी लगायतका मानिसहरुले मधेसीलाई राष्ट्रिय नेता मान्न पनि तयार पनि देखिएनन् । यो विडम्बना भनौँ कि मधेसी चरित्रसँग समायोजन नभएको भनौ कि के भनौ । २०७० सालमा बिना संगठन, बिना अनुभव, बिना स्रोत र साधन र नेतृत्वाको कायरतापूर्ण निर्वाचन लड्दा पनि समानुपातिक मत १ लाख ३० हजार थियो तर ससफो बनाएपछि जम्मा २५ हजार मत प्राप्त भयो । पहाड र हिमालमा यसको सन्देश भनेको तिमीहरुले पार्टी मधेसीलाई बुझायौ भन्ने नै हो ।
८) उपेन्द्र यादवजीको चाहाना पार्टी फुलोस फलोस भन्ने चाहाना पनि छैन र उहाँले पार्टीका साथीहरुको बृत्तिविकास होस् भन्ने पनि छैन । जो–जो सौदाबाजीमा प्रयोग गर्न सकिन्छ । बाचुन्जेल प्रयोग गर्ने, मोजमस्ती गर्ने, उत्तराधिकारी पनि नबनाउने, यस पटकसम्म हिसाब गर्दा उहाँ तीन चोटी उपप्रधानमन्त्री भएको गणना पुग्छ । अब प्रधानमन्त्री त सूर्यनारायण नै आएर शिरमा बसे त के भान्नु छ र नत्र उहाँँले अब मुख्यमन्त्री पनि खाने हो र केही भएन भने मेयर पनि खाने हो । आफूसँगै पार्टी पनि स्वर्गमा लाने हो ।
९) उपेन्द्र यादवजीले विबधान अधिवेशनमा केन्द्रीय समिति १५१ जना रहने प्रस्ताव ल्याउनुभयो । बहुमत प्रतिनिधिहरुको २५१ राख्नुपर्छ भन्ने सुझाव थियो तर उहाँले अन्तिममा पनि यही जबरजस्ती कार्यकारिणी समितिमा पास गरेर ल्याउनु भयो । पहिचान र समानुपातिकको ध्येय राख्ने पार्टीले २५१ ठिक सङ्ख्या मान्न सकिन्थ्यो तर उहाँको योजना छुट्टै छ । महाधिवेशनमा १५१ मध्ये २÷३ मधेसिबाट केन्द्रीय सदस्यहरु बनाउने र आफूले दुई तिहाई होल्ड गरेर राख्ने । अहिले प्रचण्डको एउटा अभेद्धे कवच छ, त्यो हो समाजवादी मोर्चा । यसले देश र जनताको लागि त केही गर्दैन तर प्रचण्डलाई प्रधानमन्त्री बनाउने कवचको काम गरिरहन्छ । यसले कहिले कांग्रेसलाई तर्साउँछ र कहिले एमालेलाई । अब उपेन्द्र यादवजीलाई एक्लै गरिखान सकिँदैन भन्ने परिसक्यो । उहाँँ प्रचण्डकै बिद्यार्थी हो उसैको सिको गरिराख्नु भएको छ । पछि पार्टीमा यही २÷३ तिहाइले वा बहुमतले पास गरेर प्रचण्डसँगै उनकै पार्टीमा पार्टी बिलय गराएर त्यही बस्ने उहाँको योजना छ । त्यसैले २५१ सदस्यीय बनाउन पर्दछ भन्दा मान्नु भएन । २५१ सदस्यीय भयो भने पहाड हिमालबाट बहुमत हुन्छ र मेरो खेलो बिग्रिन्छ भन्ने उहाँलाई डर थियो ।
अब केही कुराहरु अशोक राईको बारेमा बुँदागत रुपमा राख्न चाहान्छु ।
१) अशोक राईको चरित्रले कुनै नेतृत्व गर्न सक्ने व्यक्तित्वको रुपमा उहाँले खेलेको कुनै भूमिकाले प्रमाणित गर्दैन । अङ्ग्रेजीमा एउटा भनाइ छ द्यथ ःष्कतबपभ भन्ने । त्यस्तै उहाँँ द्यथ ःष्कतबपभ मात्रै नेता कहलिनु भएको हो । उहाँमा कुनै नेतृत्व गर्ने क्षमता, निर्णय गर्ने क्षमता र पार्टीका सदस्यहरुलाई व्यवस्थापन गर्ने क्षमता देखिएन । यही कुरा बितेको ११ वर्षले प्रमाणित गरेको छ । जहाँसम्म उहाँँ धेरै पटक मन्त्री हुनुभयो भन्ने कुरा छ । एमालेलाई एउटा किरातको अनुहार देखाउनु थियो, किनभने यो देशमा ३२ पुस्तासम्म राज्य किरातहरुले गरेको इहिहास छदै थियो, यो कुरा जति छोप्न खोजे पनि छोपिदैन र त्यसलाई अशोक राईजीको अनुहार देखाएर राजनीतिक सोझो गर्न एमालेले मन्त्री बनाएको भन्ने कुरा अब धेरै व्याख्या गर्नु पर्दैन । अर्को कुरा उहाँँ मदन भन्डारीले लेखेको पत्र बोकेर हुलाकीको काम गरेर पञ्चायतकालमा नेता बनाइएका हुन् भन्ने आज प्रमाणित भएको छ, उहाँँ कुनै भिजनले नेता भएको मान्छे होइन रहेछ । पहिचानको नेताको कुरा गर्दा उहाँले एमालेलाई घुक्र्याउँदा केही पाइन्छ कि भन्ने सोचेर आवाज उठाउनु भयो तर उहाँलाई उल्क्याउनेहरुले यति धेरै पर पु¥याइदिएकी उहाँँ एमालेमा फर्केर जाने स्थान रहेन । त्यसैले उहाँको नेतृत्वमा ससपा गठन भयो । त्यसको पनि कारण के छ भने एमालेले उपाध्यक्ष त बनायो तर जिम्मेवारी अशोक राईलाई दिएन बरु उहाँँ भन्दा कनिष्ठ योगेश भट्टराईलाई पार्टीको जिम्मेवारी दिन थालेपछि उहाँलाई अलिकति नाक दुखेको देखिन्छ र उहाँको पद देखाउने उपाध्यक्ष मात्रै बनाएकोले उहाँमा आक्रोश थियो तर कुनै उहाँमा पहिचानको आकर्षण थिएन । बाध्य भएर यो मुद्दा उठाउन परेको हो भन्ने कुरामा ११ वर्षमा उहाँले दिएको लोते अभिव्यक्ति, कार्यकर्तासँग गरेको रुखो व्यवहारले प्रामाणित हुन्छ । उहाँले गरेको भाषण असल ज्वाइँले ससुरालमा सासू र ससुरासँग गरेको वार्तालाभ जस्तो मात्रै हुन्छ, अनि कहाँको जनताले पत्याउनु र पार्टी ठूलो हुनु, उहाँले पार्टी लगेर उपेन्द्रको पोल्टामा राखी दिनुभयो र उपेन्द्रासँग थापेर मन्त्री सन्त्री खानु भयो । त्यसमा पनि देश र जनताले देख्ने गरी काम गरे त हुन्थ्यो तर काम गर्न गाह्रो छ भन्दै श्रीमतीमार्फत कमिसन लिदै पैसा कमाउने बाहेक त केही काम गरेको प्रमाणित हँुदैन । त्यसमा पनि उहाँँ आफै निजि स्कुलका अध्यक्ष र नेपाल सरकारको शिक्षा मन्त्री के गर्नु भयो सबैमा छर्लङ्गै छ ।
२) ससपा गठन गर्ने बेलामा धेरै छलफल भए । उहाँले एमाले परित्याग गर्नेहरुबाट मात्रै पार्टी गठन गरौँ कि भनेर उहाँले जिल्लाका मानिसहरुसँग परामर्श गर्नु भयो तर जिल्लाका मानिसहरुले त्यसरी मात्रै पार्टी चल्दैन । काङ्ग्रेस इतरका मानिसहरु पनि चाहिन्छ भनेर राय दिएपछि मेरो पछाडि पार्टी निर्माणमा जुद्ध ढाक्रेको पनि संलग्नता आवश्यकता छ भनेर मेरो पछाडि नवराज गुरुङलाई लगाउनु भएको थियो । पार्टी निर्माणपछि उहाँँ दुई पटक सांसद र एक पटक मन्त्री हुनुभयो तर के कस्तो छ भनेर कहिले सोधेको छैन । म चाकडिबाजी होइन । कहिलेकाहीं आकल–झुकल भेट भयो भने कुरा गर्न नपरे हुन्थ्यो भन्ने मनसाय सजिलै बुझिन्छ ।
३) गएको निर्वाचनमा उहाँले एमालेको तालमेलमा जितेर आएपछि युवराज कार्कीलाई आफ्नो श्रीमतिको सट्टामा सांसद बनाउने सिफारिस गर्नुपर्नेमा आफ्नै श्रीमतिलाई बनाउनु भयो । अब पार्टीको नीति छ समानुपातिक समाबेशी तर श्रीमान र श्रीमती दुवै सांसद यो त काङ्ग्रेस र एमालेभन्दा कुनै फरक भएन । संसारले हेर्दा पनि लाजलाग्दो र घिनलाग्दो देखिन्छ ।
४) उहाँले अघिल्लो चुनाव पनि काङ्ग्रेससँगको तालमेलमा धरानबाटै लड्नु भएको थियो । उहाँँ निर्वाचन हारेर पनि धरानमा जग्गा किन्नु भएको छ, हामी निर्वाचन लडेर ऋणमा डुबेका छौँ र कहिले उक्सिने थाहा छैन । उहाँले यस पटकको निर्वाचनपछि पनि काठमाडौमा जग्गा किन्नु भएको छ भन्ने खबर छ ।
५) उहाँलाई उहाँको घरमा भेट्न जाँदा पनि उहाँसँग कुरा गर्न नपाइकन नै उहाँको श्रीमतिले कहिले साहाना प्रधानको जीवनीको किताब, कहिले कुनसाङ काकाको अन्तर्वार्ताको किताब र कहिले शब्दाञ्जली किताब भिडाउँछन् । उहाँँ मख्ख परेर मेरो श्रीमती व्यापार पनि गर्छन् भन्दै मुस्कुराउनु हुन्छ । उहाँलाई कुनै ख्याल छैन । कार्यकर्ताहरुसँग बस भाडा छ कि छैन । उहाँँ किरात संस्कृति र परम्पराबाट पुरै टाढिएको प्रामाणित हुन्छ । किनभने उहाँले किराती नै विवाह गरेको भए उहाँको श्रीमतीले किताब भिडाउनको सट्टामा कार्यकर्ताहरुलाई तिमीहरुले खाना खाएका छौ कि छैनौँ भनेर सोध्थे होलान् । अहिलेको समस्यायुक्त जीवनमा सयौँ हजारौँ समस्या झेलेर पार्टीको काम गर्ने पार्टीका सदस्यहरुलाई ताइँनातुइँको किताब भिडाउन अलिकति शरम पनि लाग्नुपर्ने हो र अशोक राईजीले पनि यसो नगर भनेर श्रीमतिलाई भन्नुपर्ने हो । उहाँले शदान्जाली लेखेपछि उहाँमा बिचार शून्य पनि रहेछ भन्ने प्रमाणित भएको छ, नत्र उहाँले नयाँ बिचार लेख्नु पर्ने हो, त्यसले पार्टी र कार्यकर्तालाई ऊर्जा दिने थियो, उहाँले वाइयात अरुको बायोडाटा लेखेर फेरि पनि व्यापार नै गरेको देखियो ।
६) नैतिकताको कसिमा पनि उहाँको धरातल धेरै नै कमजोर देखिएको छ । उहाँँ अध्यक्ष भएको नीजि बिद्यालय स्वप्न बाटिका भएको जुन भवन रहेको छ सायद उहाँको श्रीमतीको नाममा रहेको हुन सक्छ, त्यसमा तीन कित्ता सार्वजनिक बाटो मिचेर बनाएको कुरा प्राइम टेलिभिजन लगायत धेरै मिडियाहरुले सार्वजनिक गरिसकेका छन् । तर आजसम्म त्यसबारे अशोक राईले ‘चु’ पनि बोल्नु भएको छैन । सुन्नमा आएको छ, पहिला एमाले हुँदाको ताका अशोक राई लगायत तीन जना एमाले नेताहरुको श्रीमतिको नाममा त्यो स्वप्न बाटिका भन्ने नीजि विद्यालय थियो तर शैक्षिक प्रमाणपत्र उहाँको श्रीमतीको मात्रै भएकोले उनको नाममा शिक्षा शाखाले पास ग¥यो र दुई जना एमालेका नेताहरुको श्रीमतीको लगानी गरेको पैसा पनि फिर्ता पाएका छैनन भन्ने केही देखिजान्ने र सुनी जान्नेहरुबाट जानकारी प्राप्त भएको छ । यसता आफूलाई उच्च नैतिक भएको भनेर ढोंगी देखाउने मान्छेको नेतृत्वमा पार्टी कसरी चल्छ र कार्यकर्ताको उच्च नैतिकता कसरी झल्किन्छ, बिचारनीय छ ।
७) ससपा पार्टी चलाउँदा पनि आर्थिक रुपमा आङ्डेन्डी शेर्पा र सुनिल राई लगायतका व्यक्तिहरुको लगानी र लेबिले नै पार्टी चलेको हो । उनीहरुको मूल्याङ्ंकन अशोक राईजीले गर्नुभएको छ कि छैन मलाई थाहा हुने कुरो भएन तर म यति चाहिँ ठोकुवा गर्न सक्छु उहाँँले आफूले खान पायो भने अरुको मूल्याङ्कन गर्ने मान्छे चाहिँ लागेको छैन । माक्र्सवादीहरु व्यक्तिगत सम्पति सिद्धान्तले नै राख्न दिँदैन भन्छन् । उहाँँ गहिरो माक्र्सवाद अध्ययन गरेको व्यक्तिको रुपमा चिनिनु हुन्छ तर उहाँको सम्पति एकतृत गर्ने हो भने अरबौँ हुने स्थिति छ । कार्यकर्ताहरु पार्टी उद्देश्यको निम्ति, देश र जनताको हितको निम्ति भनेर सडकछाप भएर भोकभोकै हिँडिराखेका छन् । मन्त्री भएको बखत समेत पार्टी कार्यकर्ताहरुलाई उहाँले चियाखाजा खान बोलाउन भएको रेकर्ड छैन । उहाँकै सम्पति अरबौँको, उहाँँ नै सांसद र मन्त्री, उहाँँ मात्रै नभएर उहाँको श्रीमती सांसद भएपछि त उहाँको लागि समुन्नत समाजवाद आइसक्यो । उहाँको पछि लाग्ने माहानुभावहरुले सोच्नुपर्ने हो कि ! सुनिदैछ, अब मत लेखेर बस्छु, उमेरले नि साथ दिँदैन भन्नू हुन्छ रे । उहाँको त पुन्य प्राप्त भयो लेख्नु हुन्छ । पहिचान र समृद्धि दिलाइदिन्छु भनेर उहाँका पछि लागेका हजारौँ व्यक्ति कार्यकर्ताहरुको चाहिँ भविश्य के हुन्छ ? अझै आशा गरेर नजिक बस्नेहरुले सोध्नु होला ।
८) उहाँँ हेर्दा एकदम हिस्सी परेको सुन्दर मान्छे तर उहाँँ भन्दा कप्टी मान्छे, किरातकूलको भएर पनि अरु मान्छे देखेको छैन । उहाँँ नेता मानिएर पनि एउटा नीति बनाएर त्यस नीतिले ज–जसलाई समेट्छ, त्यस–त्यसलाई पदोन्नति गर्नुपर्नेमा उहाँले नजानेझैँ गरी सिफारिस गर्ने मान्छे भनेको, उहाँको आफ्नै श्रीमतिको, रमेश राई र भिम राई लगायतका केही मान्छेहरुको सिफारिस गर्नु हुन्छ । उहाँले काँधैमा बोकेर सिफारिस गरेको मध्ये हेमराज राई, भुराज राई र भुपेन्द्र नेम्बाङहरु पार्टी परित्याग गरिसकेका छन् । उहाँले जुन व्यक्तिहरुलाई साम, दाम, दण्ड र भेद गरेर काँध हाल्नु भएको थियो र पछि पार्टी त्यागेर पार्टीलाई क्षति पु¥याए । त्यसमा त अशोक राईजीले क्षमा पनि माग्नु पर्ने थियो तर उहाँबाट यस्तो उच्चस्तरको संस्कारको अपेक्षा गर्न सकिँदैन, किनभने उहाँले हामीलाई त गल्लीको सामान्य मान्छे जति पनि मान्नु भएको छैन ।
९) अशोक राईजीको बारेमा एमालेमा पनि एउटा कहावत थियो र अहिले पनि छ, त्यो केहो भने अशोक राई चाहिँ टाढाबाट हेर्दा हिमाल जस्तै सुन्दर चम्किलो देखिने जसरी हिमाल टाढाबाटा हेर्दा राम्रो देखिन्छ तर झन् नजिक गयो, झन् चिसो, झन् नजिक गयो झन् चिसो, अति नजिक गयो भने ज्यानै चिसो बनाइदिने खाल्को मान्छे भन्थे । यो भनाइ ११ वर्षको भोगाइमा सत्य साबित भएको छ । मेरो आफ्नो अनुभव त धेरै नै छन् । त्यसको अर्को प्रमाणको निम्ति ससपा हँुदाको ताकापूर्ण बस्नेत र जीवन राना थारु दुवै दंगाली हुन् । तिनिहरुलाई संगठन गर्न अशोक राईजीले कालिकोट पठाउनु भयो, आफ्नै खर्चले त्यहाँ गएर आएँ । त्यहाँ पुगेर जिल्ला अध्यक्ष हुन तयार दुई जना मान्छे भए । एक युबा र अर्को बृद्ध । पार्टीको हितको निम्ति युबा ठिक थिए तर जीवन राना थारुले मानेनन् । त्यसको कारण थियो ती थारु राना प्रोफाइलको लागि मात्रै पार्टीमा आएका थिए । पछि निर्वाचन हुँदा विजय गच्छदारबाट ८ लाख लिएर समानुपातिक उमेदवार तयार गरे, त्यसैले रहेछ ती कालिकोटका युबालाई अध्यक्ष बनाउन नमानेका । ती थारु राना माओवादी स्कुलिङका थिए र पार्टीमा अशोक राईको मार्फत आएका थिए र पूर्ण बस्नेत मेरो मार्फत पार्टी आएका हुन । शैक्षिक योग्यता हिसाबले, पूर्ण बस्नेतको अङ्ग्रेजी साहित्य र समाज शास्त्रमा बीए हो र जीवन थारुरानाको जम्मा कक्षा ६ (छ) तर कहिले अशोक राईले पूर्ण बस्नेतलाई महत्व दिनु भएन । जहिले पनि जीवन थारुरानालाई कमाण्डर भनेर हौसाउनु हुन्थ्यो । पछि ती थारुरानालाई पार्टीले कार्बाही ग¥यो । कारबाही गर्नमा पनि उहाँको दिलचस्पी थिएन । पूर्ण बस्नेतले पछि अशोक राईको श्रीमतिको अनुरोधमा अशोक राईकै नीजि विद्यालयमा स्वप्न बाटिकामा अङ्ग्रेजी विषय तीन वर्ष पढाए तर उसलाई कहिले उसको क्षमताको कदर अशोक राईले गर्नु भएन ।
राजेन्द्र श्रेष्ठजीको बारेमा केही बुँदाहरु छन
१) उहाँँ ११ वर्षसम्म सबैभन्दा बढी समानुपातिक समावेशीको वकालत गर्नुहुन्थ्यो तर पार्टीमा कसैलाई प्रोमोसन वा मौका दिनुप¥यो भने नेवार वा उहाँको चाकडी गर्ने बाहेक उहाँको आँखाले देख्दैन थियो । उहाँँ मन्त्री भएको बेला काठमाडौँ र ललितपुरको दुवै जिल्लाको भूमि आयोगको अध्यक्ष बनाउनु भयो । आजसम्म उहाँले उपत्याकामा वडा सदस्य पनि जिताउनु सक्नु भएको छैन तर उहाँँ महान नेता हुनु हुन्छ । मन्त्री भएर चुनाव लड्दा पनि उहाँको जमाना जफत भयो । स्थानीय निर्वाचनमा काङ्ग्रेससँगको तालमेलमा कीर्तिपुर नगरपालिकामा उपमेयर जितेको थियो त्यो पनि रुख चिन्हमा त्यो त पार्टीको हिसाबमा रहेन । उपत्यका बाहिर पनि भूमि आयोगको सदस्यहरु बनाउँदा नेवार नै खोजी गरेर राख्नु भएको कुरा साथीहरुले सुनाउथे । राजेन्द्र श्रेष्ठ जीलाई उपत्यका बाहिर पनि मान्छे बस्छन र पार्टीका नेताकार्य्कर्ताहरु हुन्छन भन्ने बिस्वास लाग्दैन ।
२) कहीकतै सुन्नमा आउँछ ४०% प्रतिसत संसद र केसमा पु¥याएर राजेन्द्रजीको नेतृत्वमा पार्टी फुटाउने रे भन्ने सुनाई रहेको छ । यो मर्दापन र वीरताको कुरा राजेन्द्रजीले गरेको देख्ने इच्छा मेरो पनि रहेको छ । तर कसरी उहाँले यो कामलाई पार लगाउनु होला भन्ने सोचमा पनि परेको छु किनभने उहाँले आफ्नो चाटुकार भन्दा अरुलाई देख्नै चाहानु हुन्न । तर उहाँलाई यस कार्यको लागि हार्दिक शुभकामना छ ।
अर्को महान नेता रकम चेम्जोङजीको बारेमा लेखेन भने अन्याय हुन जान्छ । उहाँको बारेमा केही बँुदाहरु छन
१) रकम चेम्जोङ ससपादेखि जसपासम्म पार्टीको माथिल्लो ओहदामा रहेको मध्ये निर्वाचन लढ्न हिम्मत गर्ने पहिलो लहरको व्यक्ति हुनुहुन्छ । गएको निर्वाचनमा चाहिँ आफै कार्यदलमा रहेर उहाँँ आफैबिना तालमेलको सिट लड्नुप¥यो । यो उहाँकै कुटनीतिक फेलर हो भन्नु पर्ने हुन्छ । उहाँको पार्टी कार्यकर्ता र समाज हेर्ने दृष्टिकोण एकदमै साँगुरो छ । उहाँँ सुबाङ्गी पाएको सन्तान भएकोले होला, उस्तै मान्छेले नमस्कार ग¥यो भने उहाँले नमस्कार पनि फर्काउनु हुन्न ।
२) प्रदेश नम्बर १ मा उहाँले दुई पटक समानुपातिक सांसदको अन्तिम सिफारिस गर्ने मौका पाउनु भयो । दुवै पटक उहाँले लिम्बुलाई बाहेक अरुलाई गर्नु भएन । र अब मौका पाउनु कि हुँदैन पाउनु भयो भने फेरि पनि अरुलाई गर्नु हुन्न । समानुपातिक एक पटक खाएपछि त प्रत्यक्ष निर्वाचन लड्नु पर्ने तर कसैले पनि हिम्मत गरेको देखिदैन । आफ्नो जातिलाई प्राथमिकता दिने मध्ये उहाँँ पनि दोस्रो पहाडी मधेसी हो ।
३) पार्टी सदस्य त लिएको देखिएको छैन तर उहाँले डा. डम्बर चेम्जोङ्लाई तीन पटक जति राजनीतिक नियुक्ति दिलाई दिनु भयो । दिनरात पार्टीमा काम गर्ने साथीहरु चाहिँ कहिले मौका पाएका छैनन् । लिम्बू भयो भने पार्टीमा मौका दिनको लागि पार्टी सदस्यता नलिएको मान्छेलाई पनि मौका दिइहाल्नु हुन्छ र अरुले केही जानेका छैनन् । जान्ने बुझ्ने मान्छेहरु त सबै लिम्बू जातिमा मात्रै जन्मन्छन भन्ने उहाँको विश्वास रहेको छ । यो जिरहको प्रमाण के छ भने ससपा हुँदा उहाँँ संगठन विभाग प्रमुख हुनुहुन्थ्यो । पूर्ण बस्नेत केन्द्रीय सदस्य थिए । उनले मलाई भने दाइ म विद्यार्थीको सह–इन्चार्ज बस्छु बैठकमा कुरा राखिसिनोस भन्यो । मैले त्यो प्रस्ताव राखेँ । त्यसपछि अशोक राई, राजेन्द्र श्रेष्ठ र रकम चेम्जोङ हेराहेर गर्नुभयो । पछि संगठन बिभाग प्रमुखको हैसियतले बोल्दा पूर्ण बस्नेतलाई बिद्यार्थीहरुले पत्याउँदैनन् भनेर भन्नु भयो । मैले को हो त्यो नपत्याउने विद्यार्थी भनेर उहाँलाई पसिनाले लोतपोत हुने गरी बहस गरेँ । उहाँँ त्यस्तो असल नेता हुनुहुन्छ । अगाडि आएको र तपाईं जति राम्रो नेता त कोहि छैन भनेर चाकडी गर्ने मान्छेलाई चाहिँ खुब रुचाउनु हुन्छ ।
वर्तमान अवस्थामा देश निकै सङ्कटमा छ । देशको अवस्था यहाँसम्म आइपुग्नमा सबै राजनीतिक दल र नेपाली जनता पनि जिम्मेवार रहेका छन् किनभने खाली दलहरुलाई मात्रै गाली गर्ने चलन रहेको छ । जनताहरुले पनि त्यही पुराना गफ मात्रै गर्ने बिसौ वर्षदेखि देश चलाए पनि केही नगर्ने पार्टीको नेतालाई नै भोट हाल्नेपछि यसको जिम्मेवारी जनताले पनि लिनुपर्छ । अझ हामी बढी प्रगतिसिल हौ भन्नेहरुले जिम्मेवारी लिनुपर्ने दिन आएको छ । जसपाले पनि नयाँ धार र राष्ट्र निर्माणको नयाँ आयाम अनुसार पार्टी चलाउछु भनेर स्थापित भएको पार्टी हो तर अहिले एक दुई थान सांसद र मन्त्री खानको लागि केहिले काङ्ग्रेसको, कहिले एमालेको र कहिले माओवादीको पिच्छेलघु भएर घिटिघिटी भएर चलिराखेको छ । मेरो ११ वर्षको अनुभवमा यही कुरा मानसपटलमा घुमिरहन्छ । ११ वर्षमा मैले तीन पटक संघको निर्वाचन मेरो जन्मभूमि ओखलढुंगाबाट लडेँ । पहिलो चोटिको मेरो इच्छाको लडाई थियो भने पछिल्लो दुई पटक बाध्यताको लडाई थियो किनभने क्रान्तिकारी भनिने साथीहरु हारिने निर्वाचन लड्न तयार कोही भएनन् । पार्टी संगठनको लागि भनेर अनेकौँ कामहरु गरियो । यस पार्टीका माथिल्लो भनिने नेताहरुको कुनै नयाँ विचार र क्षमता भएका मान्छेहरु होइनन् । अरु पार्टीमा अपेक्षाकृत मौका नपाएर आएका हुन् । उनीहरुहरुले कुरा गर्दा महान कुरा गर्ने तर जम्मा एक थान सांसद र मन्त्री दिए पुगिहाल्ने खाल्का मान्छे हुन् । उनीहरुमा नयाँ सृजना गरेर देश र जनतालाई दिन सक्ने कुनै भिजन छैन । जति धेरै यही पार्टीमा बस्यो, उति समय बर्बाद हुन्छ । मानिसको जीवनको अत्यन्तै मूल्य ठूलो छ भन्छन् । त्यसैले यहाँ बसेर समय अरु बर्बाद गर्नुहँुदैन । जो–जो मेरो भनाइमा सहमत हुनुहुन्छ । जसपालाई परित्याग गरेर नयाँ आयामको पार्टी बनाऔँ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री अनि पूर्णसमानुतिक संसद होस् । यस पार्टीभित्र मलाई माया गर्ने साथीहरु धेरै हुनुहुन्छ । मलाई थाहा त तपाईहरुले सल्लाह गरेर पार्टी परित्याग गर्न पाए हुन्थ्यो भनेर गुनासो गर्नु हुनेछ, तर के गर्ने यो कष्टपूर्ण भवसागर जीवनमा सबै कुरा भेटघाट गरेर गर्ने सम्भावना कठिन काम हुन गएको छ । सल्लाह गर्दागर्दै सात वटा माझी गाउँ डुब्यो भनेको जस्तै अवस्था छ । तपाईको ब्रम्हले यो पार्टीमा बस्दा ठीक छ भन्ने लाग्छ भने बस्नुहोला तर तपाईको ब्रम्हले नबस भन्छ भने एक मिनेट पनि नबस्नु होला ।
किनभने यो जुनीमा त दुःख पाउनु हुन्छ, हुन्छ अर्को जुनीमा पनि तपाईले दुःख नै पाउनु हुनेछ । म धनमा गरिब हुँला तर विचारमा गरिब छुइनँ र हिम्मतमा कुनै पनि सेनापतिभन्दा कम छुइनँ । कि तपाई विचार र कार्यक्रमका साथ आउनुस, म तपाईलाई समर्थन गर्छु । कि म विचार र कार्यक्रमका साथ आउँछु, मलाई समर्थन गर्नुस् । हामी चाहिँ, यी मै हुँ भन्नेहरु भन्दा केमा कमी छौ ? त्ष्mभ बलम तष्मभ धबष्त ायच लयलभ भन्छन, यसै कुरालाई मध्येनजर राख्दै, अपिल र आह्वान गर्दै जसपाका सम्पूर्ण मेरो जिम्मेवारीबाट आजदेखि मुक्त भएको घोषणा गर्दछु ।