पाेखरा - कास्कीस्थित फेवातालमा बोटिङ गर्ने क्रममा दुर्घटनामा परेका एक युवकको सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको छ ।
आइतबार साँझ बोटिङ गर्ने क्रममा अचानक आएको हावाहुरीको कारण बोट पल्टिन गई तालमा खसे २० वर्षीय एक युवा सशस्त्र प्रहरी बलले सकुशल उद्धार गरेको हाे ।
ती २० वर्षीय स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका–३ घर भई पोखरा महानगरपालिका–६ लेकसाइड बस्ने सोभित परियार हुन् ।
उक्त दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको फेलातालस्थित रेशक्यू टावरमा तैनाथ उद्धार टोलीले उनको तत्कालै सकुशल उद्धार गरेको हो ।
हावाहुरीको कारण तालबराही मन्दिरमा अड्किएका करीब २५ जना आन्तरिक तथा बाह्य पर्यटकको समेत सोही टोलीले सकुशल उद्धार गरेको छ ।