काठमाडाैं - बलम्बुस्थित प्रहरी गोदामघरमा भएकाे आगालागीमा भौतिक तथा मानविय क्षति नभएको प्रहरीले जनाएकाे छ।
सशस्त्र प्रहरी बल नेपालको भण्डार महाशाखा अन्तर्गत रहेको केन्द्रिय स्टोरको काठमाडौं बलम्बुस्थित गोदामघरमा चैत्र २६ गते सोमबार अपरान्ह ०४ः५० बजे आगलागी भएकोमा विभिन्न स्थानहरुबाट खटिएको दमकल र पानी ट्याङ्करको सहायतामा आगो नियन्त्रणमा लिएको थियाे ।
प्रारम्भिक रुपमा विद्युत सर्ट भइ आगलागी भएको अनुमान गरेको र यो विषयमा विस्तृत छानविन गरि प्रतिवेदन पेश गर्नका लागि कार्य विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा नौ(९) सदस्यीय आन्तरिक छानविन समिति गठन गरेको छ ।
जिन्सी सामान (टेन्ट तथा लत्ताकपडा)हरु राख्ने गोदामघर भएकोले के–कति मात्रामा क्षति भयो भन्ने कुरा विस्तृत अध्ययनपछि मात्र एकिन हुने जानकारी गराईन्छ । साथै आगलागी हुनासाथ तत्काल नजिक रहेका भवनहरुमा क्षति नपुगोस् भनि उच्च सावधानी अपनाईएको कारण अन्य भौतिक तथा मानविय क्षति नभएको जानकारी प्रहरीका प्रवक्ता राजेन्द्र खड्काले बताएका छन् ।