काठमाडौं - नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युुनियनबीच पत्रकार महासंघको निर्वाचनको सम्बन्धमा तीन बुँदे सम्झौता भएको छ । नेपाल प्रेस युनियन केन्द्रीय समितिले राखेका मागबारे छलफल गरी महासंघलाई अगाडि बढाउनका लागि आज तीन बुँदे सम्झौता भएको हो । सम्झौतापत्रमा महासंघको तर्फबाट अध्यक्ष विपुल पोखरेल र युनियनका तर्फबाट अध्यक्ष शिव लम्सालले हस्ताक्षर गरेका छन् ।
सम्झौतामा नेपाल पत्रकार महासंघको सुर्खेत साधारणसभाको मर्मअनुसार सदस्यता शुद्धिकरण अभियानलाई तार्किक निष्कर्षमा पुर्याउने, महासंघको विधानको प्रचलित व्यवस्थाअनुसार नियमित प्रक्रिया अगाडि बढाउने, महासंघको विधानमा देखिएका कतिपय अव्यावहारिक प्रावधानहरु महाधिवेशनमार्फत संशोधन गर्न पहल गर्ने तथा सदस्यता टुङ्गो नलाग्दासम्म निर्वाचनका कुनै पनि तालिका सार्वजनिक नगर्ने उल्लेख छ ।