काठमाडाैं - काठमाडौं जिल्ला प्रशासन कार्यालय माेड अगाडि आम द्वन्द पीडित समूदायले एक घण्टा धर्ना कार्यक्रम गरेका छन् ।
बुधबार बिहान सांसदमा विचारधीन संक्रमणकालिन न्याय सम्बन्धी कानुन संसाेधनसहित पारित गरि विश्वसनीय आयाेग गठन प्रक्रिया आरम्भ गर्न माग गर्दै समूदायले धर्ना दिएका हुन् ।