कपिलवस्तु - इस्लामीक पात्रो हिजरी संवत अनुसार दशौँ महिनाको पहिलो दिन बिहिवार देशभरका मुसलमानले नयाँ लुगा लगाई नमाज पाठ गरी ठूलोबडाबाट आशीर्वाद लिएर ईद- उल -फित्र पर्व मनाएका छन् ।
मुस्लिमहरु विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर एक आपसमा अकमाल गरी आशीर्वाद तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । कपिलवस्तुको कृष्णनगर, चन्द्रौटा , पकडी, तौलिहवा लगायत जिल्ला भरीका ठूलोबडाबाट आशीर्वाद लिएर ईद- उल -फित्र पर्व मनाएका छन् ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई ईद -उल- फित्र भनिएको हो ।
अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने गरिन्छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष गरिबलाई दान दिनु हो । यस उत्सवमा इस्लाम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान धर्मग्रन्थ ‘कुरान’ मा उल्लेख गरिएको कपिलवस्तु का हजरत मौलाना अली हसन निजामीले बताए ।यसरी दान गरिएको नगद वा जिन्सी गरिबलाई बाँडिन्छ जसलाई जकात भनिन्छ । ईद उल फित्रमा प्रत्येक व्यक्तिले आफ्नो गच्छेअनुसार गहुँ वा सो बराबरको नगद दान गर्छन् जसलाई सदका फितर भनिन्छ । सो दान पनि गरिबलाई नै दिइन्छ ।
मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) सकिएपछि यो चाड मनाउने गर्छन् । एक महिनासम्म दिनभर पानी पनि नपिई रोजा बर्त बसी साँझतिर इफ्तार गरी रोजा वर्त खोल्ने गर्छन् ।पर्वका अवसरमा मुसलमान समुदायले नयाँ कपडा लगाई साथीभाइकहाँ गएर ईदको शुभकामना आदानप्रदान गर्छन् ।
मुस्लिमहरुको महान चाड पर्व ईदका दिन नेपाल सरकारद्वारा सार्वजनिक बिदा दिएकोमा मुस्लिम समुदायहरु खुसी भएका छन र एन सेल , नेपाल दुरसञ्चारले ईदको धुन राखेकोमा मुस्लिम समुदाय द्वारा हृदय देखि धन्यबाद गरेका छन् ।
ईदका दिन ईदगहामा पुर्व मन्त्री बृजेश कुमार गुप्ता, पुर्व लुम्बिनी प्रदेश मन्त्री, नेपाली कांग्रेसका प्रदेश सभा सदस्य सुधाकर पाण्डे, कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेल, नेपाली कांग्रेसका पुर्व भारतीय राजदुत दिप कुमार उपाध्याय तथा नेपाली काँग्रेसका युवा नेता अनुप पाण्डेले मुस्लिमहरु सित अंकमाल गरी शुभकामना अदान प्रदान गरेका छन् ।
समाजसेवी मुमताज खाँले भने ''ईद - उल फित्र (ईद) संयमता, धेर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड हो ईद ।'' ''यस पर्वले राष्ट्रिय एकता, अखण्डता, आपसी मित्रता, सामाजिक र साँस्कृतिक सद्भाव तथा धार्मिक सहिष्णुता थप सुदृढ बनोस राष्ट्र निर्माणमा तथा विकासको गति तिब्र रुपमा अघि बढोस र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार होस । '' उनले बताए ।