काठमाडाैं - काेशी प्रदेश प्रमुख माननीय परशुराम खापुङले इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद–उल–फित्रको पावन अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दाजुभाई तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् ।