दाङ- दाङको घोराहीमा खानेपानीको दुःख रहेकाे छ। एक घण्टाभन्दा टाढाको दूरीमा रहेको इनारबाट घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीयवासी खानेपानी लिन जाने गर्दछन् ।
स्थानीयवासी शुक्रबार बिहानै पानी लिएर घर फर्किएका छन् । ढिला जाँदा इनारमा पानी लिन आउनेको भीड हुने भएकाले बिहान सबेरै जाँदा पालो पर्खेर बस्नु नपर्ने र घरको काम गर्न पनि सबै भ्याइने उनीहरु बताउँछन् ।