काठमाडौं - उपचारको क्रममा आन्दोलनकर्मी मृत्यु भएको छ । राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको हो।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले आन्दोलन गरेका थिए । राप्रपाको मधुवन नगरपालिका अध्यक्ष समेत रहेका डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज बिहान चार बजे मृत्यु भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन् ।
डाँगी पहिलेदेखि नैश्वासप्रश्वासको समस्याबाट पीडित भएकोमा उक्त दिन प्रहरीले आन्दोलनकारीलाई पछि हटाउने क्रममा प्रहार गरेको थियो ।अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।