काठमाडौं - राप्रपाले काठमाडौंकाे चाबेलचाेकमा आन्दाेलन गरेका छन् ।राप्रपाले काठमाडौंमा चैत २७ गते प्रदर्शन गरेको आन्दोलनमा घाइते भएका बर्दियाका ठाकुरप्रसाद डाँगीको उपचारको क्रममा मृत्यु भएको हो। डाँगीको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा आज भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन् ।
गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै राप्रपाले चैत २७ गते आन्दोलन गरेका थिए । प्रहरीले अश्रुग्याँस र पानीकाे फाेहाेराले आन्दोलनकारीमाथि प्रहार गरेकाे थियाे । उक्त दिन प्रहरीले आन्दोलनकारीले निषेधआज्ञालाई ताेडेपछि हटाउने क्रममा प्रहार गरेको थियो ।
डाँगी दमका बिरामी भएकाे बताइएकाे छ । अश्रुग्याँसले उनको स्वास्थ्यमा झन् बढी समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो ।