काठमाडौं । राष्ट्रियसभा सदस्यको दुईवर्षे पदावधी समाप्त भएपछि सूचना प्रविधि तथा सञ्चार मन्त्रालयको कार्यभार समेत सम्हालिरहेका अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रपति समक्ष राजीनामा स्वीकृत गर्दै राष्ट्रपतिले उनले सम्हालिराखेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री खड्गप्रसाद ओलीले सम्हाल्ने गरी तोकिदिएकी छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी सचिवालयले वामदेव गौतमलाई मनोनित गर्न प्रधानमन्त्रीलाई निर्देशन दिएपछि राष्ट्रपतिबाट मनोनित हुने तीन राष्ट्रियसभा सदस्यभित्र परी गोलाप्रथाको माध्यमबाट दुईवर्षे कार्यकाल परेका खतिवडाको राष्ट्रियसभाको पदावधी यही फागुन २१ गते समाप्त हुंदैछ ।
राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित हुनेमा ढुक्क रहेका खतिवडालाई पुनः मनोनित गराई अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका प्रधानमन्त्री र पार्टी सचिवालयबीच अहिले चर्को द्वन्द्व चलेको छ ।
प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट आफूबिरुद्ध घेराबन्दी भएकोले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई मनोनितका लागि राष्ट्रपतिसमक्ष सिफारिश नगर्ने बताइसकेका छन् । हाल आफ्नो मृगाला पुनः प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा रहेका प्रधानमन्त्री ओलीको चाहना भए पनि खतिवडाले पुनः राष्ट्रियसभामा मनोनित हुने सम्भावना घटेर गएको छ ।
त्यही परिस्थितिलाई बुझेर खतिवडाले पन्त्री पद त्याग गरेका हुन् ।