काठमाडौं– प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण सफल भएको छ त्रिवि शिक्षण अस्पताल, महारागजञ्जले जनाएको छ । अस्पतालका अनुसार बुधबार करिब ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको हो ।
ओलीलाई नाताले भान्जी पर्नेले मिर्गौला दिएकी हुन् । शरीरमा मिर्गौला प्रत्यारोपण गरेर टेष्ट गर्दा युरिन सपोर्ट गरेको अस्पतालले जनाएको छ ।
उपचारमा संलग्न चिकित्कसहरुले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने तयारी भइरहेको बताइएको छ। प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो । यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । यसअघि ०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।