काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जिल्ला उपसभातिका लागि बुधबार आयोजना गरेको प्रशिक्षणमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेका छन् ।
बुधबार बिहान कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको पौडेल पक्षको भेलाले जिल्ला उपसभापतिको प्रशिक्षण कार्यक्रममा सहभागी नहुने निष्कर्ष निकान्दै केन्द्रीय बहिस्कार गरेको सदस्य जीवन परियारले जनाएका छन् ।
प्रतिष्ठानले पार्टीका करिब पाँच लाख क्रियाशील सदस्यलाई जिल्ला कार्यसमितिमार्फत प्रशिक्षण दिने उद्देश्यले सबै जिल्लाका उपसभापतिलाई केन्द्रीय कार्यालयमा बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले १४औँ महाविधेशनको मिति तोकिसकेको अवस्थामा आचारसंहिता, विधिविधान र पार्टीमा स्थापित मान्यता विपरीत एकलौटीरूपमा केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्य र केन्द्रीय विभाग प्रमुख मनोनयन गरेको पौडेल पक्षले आरोप लगाएको छ । सभापति देउवाले यही १७ फागुन र १९ गते पार्टीका २० केन्द्रीय विभागमा प्रमुख, दुई केन्द्रीय र ११ आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गरेका थिए । त्यसप्रति पौडेल पक्षले असुन्तुष्टि जनाउँदै आएको छ । सभापति देउवाले एकल निर्णय गरेको भन्दै पौडेल पक्षले असुन्तु्ष्टि जनाएको हो
भेलामा उपस्थित केन्द्रीय सदस्य, उपलब्ध जिल्ला सभापति र उपसभापतिहरूको सुझावअनुसार उक्त निर्णय लिइएको केन्द्रीय सदस्य परियारले बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६ ०५:२४