नेपालगञ्ज/बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ (Inspiring Youth) कार्यक्रमले ७४ औं श्रृङ्खला पूरा गरेको छ ।
युवाहरुलाई सकारात्मक कार्यमा लाग्न अभिप्रेरित गर्ने, कर्तव्यशिल, ईमान्दार, अनुशासित र कर्मशिल युवा बन्न उत्प्रेरित गर्ने, उत्प्रेरणा र सशक्तिकरणका माध्यमबाट युवा शक्तिलाई समाज विकासमा परिचालन गर्ने, समृद्ध राष्ट्र निर्माणका लागि युवा शक्तिको सहभागिताका लागि अभिप्रेरित गर्ने उद्धेश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा महिनाको पहिलो हप्ता सहभागिहरु बिच debate , दोश्रो हप्ता फरक, फरक क्षेत्रका Motivator द्धारा Motivational Speech, तेश्रो हप्ता फरक, फरक क्षेत्रका सफल, उदाहरणिय, बौद्धिक व्यक्तित्वद्धारा सफलताको कथा बाचन, महिनाको चौथो हप्ता युवाहरुलाई नेतृत्व विकास बारे तालिम प्रदान गरिदै आएको छ भने सहभागिहरुमा भएको ज्ञान र क्षमता आदान, प्रदान गर्ने कार्य समेत गर्ने गरिएको छ ।
७५ औं श्रृंखला यहि फाल्गुण १२ गते बासले बिशेष कार्यक्रमका साथ गर्ने भएको छ । सिएसटि होटेल एण्ड पार्टी प्यालेसमा आयोजना हुने कार्यक्रममा चर्चित नायिका सञ्चिता लुईंटेल र मोटिभेसनल स्पिकर सृष्टि के.सी.को बिशेष उपस्थिती रहनेछ । ४०० बढि युवा तथा बिभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागितामा सम्पन्न हुने कार्यक्रममा लुईंटेल र के.सी.ले उत्प्रेरक प्रबचन दिनेछन् । कार्यक्रममा हाल सम्म उत्प्रेरणात्मक प्रबचन दिने व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिनेछ ।
२०७३ जेष्ठ १ गते देखि शुरु भएको कार्यक्रममा हाल सम्म ३००० बढिले सहभागिता जनाईसकेका छन् । नेपालगञ्जका सफल तथा उत्प्रेरक बक्ताहरुले प्रबचन दिईसकेको उक्त कार्यक्रममा यस अगाबै राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा, नायक जीवन लुईंटेल, बरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धर, कथाकार महेश बिक्रम शाह, पूर्ब सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, चर्चित म्यागसेसेर पुरस्कार बिजेता महाबिर पुन लगाएतको उपस्थितीमा बिशेष कार्यक्रम सम्पन्न भईसकेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको आयोजकले जनाएको छ ।
को हुन् सञ्चिता ?
नेपाली अभिनेत्री सञ्चिता लुईंटेल नेपाली चलचित्र उद्योगको सुन्दर र प्रतिभाशाली अभिनेत्री हुन् । कलाबाट स्नातक गरेकी उनी नेपाली चलचित्र उद्योगकी चर्चित नायिका हुन् । माधव लुईंटेल र शारदा लुईंटेलकी छोरी सञ्चिताले २०५८ सालमा चलचित्रमा डेव्यु गरेकि हुन् । उनको पहिलो चलचित्र अप्सारा हो । १८ बर्षको हुँदा पहिलो चलचित्र खेलेकि उनले यसै क्षेत्रमा दशक बिताइसकेकी छिन् । यो अवधिसम्म आइपुग्दा उनले अभिनय गरेका चलचित्रको संख्या ८० भन्दा बढी भइसक्यो । अप्सरा, आशीर्वाद, मुनामदन, भन्नै सकिन, माया नमार, आमाको आशीर्वाद, दासढुङ्गा, छोडिगए पाप लाग्ला, कोही मेरो, माया त माया हो, पर्खिराख है उनले अभिनय गरेका प्रमुख तथा चर्चित चलचित्र हुन् । हाल सञ्चिता चलचित्र अभिनयका साथै युवाहरुलाई उत्प्रेरणा प्रदान गर्ने कार्यमा सक्रिय छिन् ।
को हुन् सृष्टि ?
सृष्टि एक दृष्टिहीन युवा हुन् । जसले चिकित्सकले दिएको गलत औषधिका कारण १६ बर्षको कलिलो उमेरमा उनले दुईवटै आँखाको ज्योती गुमाएकि थिईन् । सानै उमेरमा भएको बज्रपातलाई उनले सकारात्मक तवरले सामाना गरिन् र नयाँ जीवन यापन गरिन् । सामान्यतया अहिले पनि दृष्टिबिहिनहरूलाई दया र दानको पात्रको रुपमा चित्रित गरिन्छ, त्यो मान्यतालाई उनले गलत सावित गरिदिईन् । उनले उच्च शिक्षा हाँसिल गर्नुका साथै Blind Rocks नामक संस्था स्थापना गरि दृष्टिबिहिन व्यक्तिहरुका लागि काम गरिरहेकि छिन् । कुशल नृत्याँगना सृष्टि मोटिभेसनल स्पिकर हुन् । उनकै बिषयबस्तुलाई लिएर अहिले Blind Rocks चलचित्र निर्माण भईरहेको छ । जुन चलचित्र फाल्गुण १८ गते देखि रिलिज हुँदैछ ।