नेपालगन्ज ।
बासद्धारा साप्ताहिक रुपमा सञ्चालित ईन्स्पाईरिङ्ग युथ कार्यक्रमको ७५औं श्रृङ्खला बिशेष श्रखलाको रुपमा फाल्गुन १२ गते भब्य रुपमा सम्पन्न भएको छ ।
बासको मुख्य आयोजनामा बिशेष श्रखलाको रुपमा चर्चित नायिका सञ्चीता लुईटेल र मोटिभेसनल स्पिकर सृष्टि के.सी.को बिशेष उत्प्रेरणा मन्तब्य सहित सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नायिका सञ्चीता लुईटेलले निरन्तर काममा लागि परेमा सफलता हासिल हुने
बताउदै सबै युवाहरुलाई सफल बन्न मेहेनत गरि आफ्नो काममा लाग्न अनुरोध गरेकी थिईन । उनले आफ्नो संघर्षको यात्रा र सफलताको कथा सबैलाई सुनाएकी थिईन । यस्तै कार्यक्रममा मोटिभेसनल स्पिकरको रुपमा आफ्नो प्रबचन दिदै सृष्टी केसीले आफ्नो क्षमता चिनेर अगाडी बढ्न अपिल गरिन । उनले आफ्नो जिवनको कथा उत्प्रेरणात्मक रुपमा प्रश्तुत गर्दा सहभागिहरुले तालिले उनको सम्मान गरेका थिए । हरेक ब्यक्ति आफ्नो मालिक आफै भएकाले सहि र गलत पहिचान गरि काम गर्न सक्ने बताए । उनले अपांगता भएका ब्यक्तिहरुलाई अपांगता को रुपमा नहेरी उसको क्षमताको प्रशंसा गर्न सबैलाई अनुरोध गरिन । बिद्यालय पढ्दै गर्दा एका एक १६ बर्षको उमेरमा आफ्नो आखा गुमाउन पुगेको पिडा सहभागि माझ प्रश्तुत गर्दा सहभागिहरुमा आखाँ रसाएका थिए । उनले जिवनमा आएको पिडालाई सफलताको रुपमा परिणात गरेको भन्दै मानिसमा ईच्छा र चाहना भएमा सबै सम्भब हुने बताईन् । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रमेस कुमार केसीले ईन्स्पाईरिङ्ग कार्यक्रमले युवाहरुलाई सकारात्मक बाटो देखाउन सफल भएकोमा खुसी भएको बताए । यस्ता कार्यक्रमलाई निरन्तर रुपमा संचालन गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा मन्तब्य राख्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले राम्रो कामको नतिजा राम्रै हुने भन्दै बासले संचालन गरेको ईस्पाईरिङ्ग कार्यक्रमले पाएको सफलताको प्रंससा गरेका थिए । यसैगरी कार्यक्रममा बोल्दै सेभ द चिल्ड्रेनका एसोसिएट डाईरेक्टर बिरेन्द्र ठगुन्नाले बासले गर्ने कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पारेको बताए उनले युवाहरुका माझ लोकप्रीय बन्दै गएको ईन्स्पाईरिङ्ग युथ कार्यक्रमलाई निरन्तरता दिन पूर्ण सहयोग गर्ने प्रतिबद्धता गरे ।
कार्यक्रमका बिच शुरु देखि हाल सम्म ईन्स्पाईरिङ्ग युथ कार्यक्रममा उत्प्रेरणा मन्तब्य, सफलताका कथा प्रश्तुत गरि युवाहरुलाई उत्प्रेरणा दिएका उत्प्रेरक ब्यक्तित्वहरुलाई कार्यक्रमका बिच मायाको चिनो प्रदान गरेको थियो ।
ईन्स्पाईरिङ्ग कार्यक्रममा रिन्तर रुपमा उत्कृष्ट कार्य गरेबापत ईन्स्पाईरिङ्ग युथ कार्यक्रमका संयोजक खेम बिष्टलाई सम्मान पत्र मार्फत सम्मान गरिएको थियो भने स्वयम् सेवक भई उत्कृष्ट कार्य गर्ने ३ जना स्वयम् सेवकलाई प्रमाण पत्र बाट सम्मान गरिएको थियो । यसरी सम्मानीत हुने स्वयम् सेवकहरु तारा शाही, रबिन्द्र बोहरा र बिन्दु केसीलाई नायिका सञ्चीता लुईटेलले प्रमाण पत्र प्रदान गरेकी थिईन् । बासका कार्यकारी निर्देशक नमस्कार शाहले संचालन गरेको कार्यक्रममा स्वागत ईन्स्पाईरिङ्ग युथ कार्यक्रम संयोजक खेम बिष्टले गरेका थिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुख, विभिन्न संघ सस्था तथा निकायका प्रमुख तथा प्रतिनिधि, बिद्यार्थी र युवाहरु गरी ४०० बढीको सहभागिता रहेको थियो ।