दुबई–तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ ।
अधिकारीहरूका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।
राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत गृह (प्लान्ट) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोएिको छ ।
वामले प्लान्टको नियन्त्रक कक्षभित्र कर्मचारीहरूले काम गरिरहेको तस्वीर पनि सार्वजनिक गरेको छ ।
कोरोनाभाइरस महामारीका कारण अन्य संचार माध्यम वा स्वतन्त्र पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन दिइएको थिएन ।
जुलाई ३१ मा प्लान्टको पहिलो रियाक्टरको काम अन्तिम चरणमा पुगेको बताइएको थियो ।
एपीले उक्त प्लान्टसम्मको पहुँचका लागि विगतदेखि प्रयास गरेको भएपनि अनुमति दिइएको थिएन ।