पोखरा– प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा एक महिलाको शव प्रहरीले फेला पारेको छ ।
पोखरा बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ ।
महिलाको पहिचान खुलेको छैन् । शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ ।
स्थानियहरूले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ ।
उनको मृत्युको कारणबारे पोष्टमाटम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले बताएको छ । स्थानियहरूले भने त्यस्तो प्रकारको हुलिया भएकी महिला यसअघि सो क्षेत्रमा नदेखेको बताएका छन् ।
शवको साथमा पुरुषको कपडा पनि फेला परेको छ । घट्नाका सम्बन्धमा थप अनुसन्धान थालिने कास्की प्रहरीले बताएको छ ।