दोलखा–दोलखाको मेलुङ गाउँपालिकामा बौलाहा कुकुरले टोकेका ३ जनाको मृत्यु भएको छ । कुकुरले टोकेको ५१ दिन पछि गाउँपालिका–६ का ३३ वर्षिय युवक रामचन्द्र भण्डारी बुधवार विहान पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई असार २२ गते कुकुरले टोकेको थियो ।
सोही कुकुरले टोकेका वडा नम्बर ५ र ६ का ८ र १४ वर्षिय वालकको यसअघि नै मृत्यु भैसकेको छ । गाउँपालिका स्वास्थ्य शाखाका अनुसार रेविजको लक्षण देखिएकाले कुकुरको टोकाईकै कारण उनीहरूको मृत्यु भएको आशंका गरिएको छ ।
स्वास्थ्य शाखाका प्रमुखका अनुसार उनीहरू सहित वडा नम्बर ५, ६ र ७ का १२ जना सर्बसाधरणलाई गत असार मसान्तमा कुकुरले टोकेको थियो । उनीहरूलाई तत्काल रेविज बिरुद्धको भ्याक्सिन लगाईएपनि ३ जनाको मृत्यु भएको हो ।
अन्य ९ जनाको अबस्था हाल सामान्य रहेको छ । तीन जनाको मृत्यु भएपछि सोही कुकुरले टोकेका अन्य ९ जनामा पनि त्रास बढेको छ ।
टोक्ने कुकुरलाई त्यही बेला मारिएको थियो । प्राण घातक रोग रेबिजको लक्षण शरीरमा देखिएपछि उपचार सम्भव छैन । ३ पटक तीनपटकसम्म भ्याक्सिन लगाउनु पर्छ । रेविज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ ।