काठमाडौं– सरकारले कोभिड–१९ का कारण समस्यामा परेका नेपालीहरूलाई ल्याउँदा विभिन्न सर्तै सर्तहरू जारी गरेको छ । मंगलबार अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रुको पिसिआर भएको र नभएका यात्रु मिसाउन नपाइनेदेखि परीक्षण नगरेका यात्रु ल्याए कारबाही गर्नेसम्मका सर्तैसर्तहरू जारी गरेको छ ।
आगामी १६ भदौदेखि विभिन्न देशबाट नेपालीको सर्तबमोजिम उद्धार गर्ने र सर्तबमोजिम नभए आवश्यक कारबाही गर्ने पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पिसिआर परीक्षण सम्भव नहुने नेपाली रहेका स्थानमा चार्टर्ड उडान राखेको छ भने । साथै, नियमित उडानमा भने पिसिआर नभएका, कोरोना पोजेटिभ देखिएका र सर्त पालना नगरी यात्रु ल्याएमा वायुसेवा कम्पनीमाथि कारबाही गरिने मन्त्रालयले जनाएको छ ।
सर्तबमोजिन यात्रु ल्याएमा कानुनअनुसार कारबाही गरिने र यात्रुको खर्चसमेत एयरलाइन्स आफैँले तिरिदिनुपर्ने मन्त्रालयले जनाएको छ । यसअघि उडान प्रतिबन्ध रहेका ८ देशका उडान खुला गर्दै नियमित उडान तालिका सार्वजनिक गर्दै सरकारले दैनिक ५ सयका दरले नेपालीहरूको उद्धार गर्ने जनाएको छ ।
यसअघि उडान बन्द रहेका मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, युएई र कतारबाट नेपालीको उद्धार गरिने मन्त्रालयले जनाएको छ । यसरी ती देशबाट नेपाल ल्याउँदा मन्त्रालयले सर्तै सर्त अघि सारेको छ । उडान तालिकाअनुसार नेपाल आउने नागरिक र नेपालसम्म ल्याउने वायुसेवा कम्पनीले विभिन्न सर्तको पालना गर्नुपर्ने प्रावधान अघि बढाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले जारी गरेका सर्तहरू यस प्रकारका छन् । यात्रुको पिसिआर रिपोर्ट नेगेटिभ अनिवार्य, पिसिआर नेगेटिभ भए घर जान पाइने, अनलाइन फारम अनिवार्य, पिसिआर भएका र नभएका यात्रु मिसाउन नपाइने, विदेशी यात्रुलाई अनिवार्य परिचयपत्र, नियुक्तिपत्रबाट छुट र स्वास्थ्यको मापदण्ड अनिवार्यजस्ता सर्तहरू रहेका छन् ।
मन्त्रालयका अनुसार नियमित उडानबाट नेपाल आउने हरेक यात्रुले ७२ घण्टा अघिको पिसिआर नेगेटिभ आएको रिपोर्टे अनिवार्य रूपमा बुझाउनुपर्नेछ । र, पिसिआर नेगेटिभ रिपोर्ट देखिएपछि मात्र सम्बन्धित वायुसेवाले यात्रुलाई बोर्डिंग पास दिनुपर्ने मन्त्रालयको सर्तमा उल्लेख छ ।
यसरी उद्धार गरि ल्याइकाहको पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएमा सबै यात्रु होम क्वारेन्टिनमा बस्न सक्ने र गएपछि पनि पुनः १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नु पर्ने प्रावधान मन्त्रालयले जारी गरेको सर्तमा उल्लेख छ ।
त्यस्तै, यात्रु ल्याउँदा पिसिआर नेगेटिभ आएका र परीक्षण नै नगरेका यात्रुलाई जहाजले नपाउने सर्तमा उल्लेख छ । यदि, कुनै वायुसेवा कम्पनीले मिसाएर ल्याएमा यात्रुको सबै खर्च र सात दिन होटेल क्वारेन्टिनमा राख्ने व्यवस्था गर्नुपर्ने पनि सर्तमा उल्लेख छ ।
१६ भदौदेखि अन्तर्राष्ट्रिय उडान सुचारु भएसँगै दसैँ, तिहारजस्ता चाडपर्वलाई मध्यनजर गर्दै छिट्टै आन्तरिक उडान पनि सुरु गरिने मन्त्रालयले जनाएकाृ छ । अहिले देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञाको स्थिति भएकाले आन्तरिक उडान सुचारु गर्न असम्भव र केही पहाडी र हिमाली जिल्लामा मात्र उडान भइरहेको मन्त्रालयले जनाएको छ ।