नवलपरासी पश्चिम–नेपाल र भारतको सीमामा जिल्ला सशस्त्र प्रहरी बल नेपाल २६ नं गण नवलपरासी पश्चिम सशस्त्र प्रहरी प्रमुख एसपी महेश अधिकारीले निगरानी बढाएका छन ।
एसपी अधिकारीले सीमामा निगरानी बढाउन साथ करीब ४५ लाख १३ हजार ६ सय बराबरको मालसमान बरामद भएको हो । केहि दिनदेखी सीमा नाकालाइ तस्कर संगठनहरूले कमाइ खाने भाडो बनाएकै बेला एसपी आधिकारीको निगरानी बढेको बताइएको छ । सशस्त्र प्रहरीले नवलपरासीको विभिन्न ठाउँमा भन्सार छलीका सामानहरू बरामद गरेको छ ।
जिल्ला सशस्त्र प्रहरी कार्यालय नवलपरासी पश्चिमबाट खटिएको सशस्त्र प्रहरी टोली र सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट हरपुरका संयुक्त टोलिले पाल्हिनन्दन गाउँपालिका–४ लोह रौली टोल स्थित भारत तर्फ बाट कपडा, सुपारी, फर्चुन, तेल, हार्डबेयर, चल्ला, समान नेपाल तर्फ र नेपालबाट भारत तर्फ हरियो मटर केराउ लग्ने क्रममा मुल्य करिब २१ लाख बराबरको मालसामान र त्यसै गरि एसपी अधिकारी कै निर्देशनमा सशस्त्र प्रहर पोस्ट झुलनिपुरी बर्डर आउटसशस्त्र प्रहरी निरीक्षक सन्तोष खरेलले आउने बितिकै राती गस्ती गर्ने क्रममा हरियो मटर केराउ, कुखुरा चल्ला, कुखुरा गरि करिब १३ लाख बराबरको मालसमेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय महेशपुर नवलपरासीमा बुझाइएको छ ।
त्यस्तै जिल्ला सशस्त्र प्रहरी बल नेपाल २६ नं गण नवलपरासी पश्चिम मातहत सशस्त्र प्रहरी गोपिगन्ज नवलपरासी बाट खटिएको सशस्त्र प्रहरी टोलिले प्रतापपुर गाउपालिका–३ स्थितमा राती गस्ति गर्ने क्रममा सशस्त्र प्रहरीले करिब ११ लाख १३ हजार ६ सयको चल्ला, खसी, कुखुरा अबैध रूपमा भारतबाट नेपाल तर्फ र हरियो मटर केराउ नेपालबाट भारत तर्फ अबैध रूपमा भन्सार छलि भारत तर्फ लैजाने क्रममा अबैध सामान बरामद गरेको हो ।
बरामद गरिएको अबैध सर समान आवश्यक कार्यवाहीको लागि महेशपुर भन्सार कार्यालय नवलपरासी पश्चिममा बुझाइएको जिल्लाको सशस्त्र प्रहरी २६ नं गणका नायब उपरीक्षक रोशन घिमिरेले जनकारी दिए । कोरोना महामारीको बेला सुरक्षाकर्मी बोर्डरमा दिन रात खटाइएको भएपनि सुरक्षाकर्मीलाई झुक्याएर तस्करहरूले तस्करी गरिरहेको स्थानीयले बताउँछन् भने कहि कतै सुरक्षाकर्मीको मिलोमतोमा पनि तस्करी भइरहेको जग गुनासो आएको छ ।
सोमबार देखि जिल्ला प्रशासन नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले एक सुचना प्रकाशित गरि बोर्डरमा भइरहेको तस्करीले कोरोनो कोभिड–१९ रोकथाम नियन्त्रणमा असहजता भएको भन्दै अर्को सुचना नभए सम्म सिमामा तस्करीमा पुर्ण रोक लगाइएको उक्त सुचनामा उल्लेख गरिएको छ । जिल्लामा लगातार कोरोना संक्रमित थपिदै जादा प्रशासनले १० गते सम्म निशेधअज्ञा जारी गरेको छ साथै प्रशासनले राति ९ बजे पछि घर बाहिर निस्कन समेत रोक लगाएको छ ।