[caption id="attachment_10259" align="alignnone" width="1024"]
वासिङ्टन–अमेरिकी प्रथम महिला मेलानीया ट्रम्पले कोरोनाभाइरसबाट सङ्क्रमित भएका परिवारजनप्रति सहानुभूति व्यक्त गरेको छ । कोरोनाभाइरसले सृजना गरेको सङ्कटपूर्ण यस चुनौतीलाई सबै अमेरिकीले मिलेर सामना गर्नुपर्नेमा पनि उनले जोड दिएको छ ।[/caption]
रिपब्लीकन पार्टीको राष्ट्रिय सम्मेलनलाई मङ्गलबार राति सम्बोधन गर्दै उनले सबै अमेरिकी एकजुट भएर लडियो भने यस्ता सबै चुनौतीलाई सामना गर्न सकिने अठोट व्यक्त गर्नुभयो ।
कोरोनाभाइरसको महामारीलगायतका चुनौतीको समाधान नगरी आफ्ना पति तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्राम नलिने पनि उनले बताए ।
श्रीमती ट्रम्पले मानवताको सुन्दर पक्षका बारेमा चर्चा गर्दै प्राकृतिक प्रकोपलगायत चुनौतीका बारेमा सचेत हुनुपर्ने बेला भएकोमा जोड दिएको थियो ।
ह्वाइट हाउसको रोज गार्डेनबाट भएको उहाँको सम्बोधन सुन्नका लागि राष्ट्रपति ट्रम्प आफ्ना समर्थकसँगै दर्शक दिर्घामा बसेको थियो । कोरोनाभाइरसको सङ्क्रमण सर्न नदिनका लागि कम्तीमा पनि छ फिटको सामाजिक दुरी कायम गर्नु पर्ने चिकित्सकको सिफारिस रहेपनि सो कार्यक्रममा दर्शक बस्ने ठाउँमा दुई फिटको मात्रै दुरी कायम गरिएको थियो । कार्यक्रममा सहभागी अधिकांश पारिवारिक सदस्य तथा साथीले मास्कसमेत लगाएका थिएनन् ।
(रासस÷एपी)