भरतपुर– चितवनको भरतपुर अस्पतालमा गोरखाकी कोरोना संक्रमित महिलाले शल्यक्रियाबाट जुम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।
शल्यक्रियापछि जुम्ल्याहा छोरा र आमाको अवस्था सामान्य छ ।
गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवती ती महिलामा १० भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनी ८ भदौमा अस्पताल भर्ना भएकी थिइन् ।
आमाको संक्रमण बच्चालाई नसरोस् भनेर अलग्गै राखिएको भरतपुर अस्पताल प्रसूति विभागका चिकित्सक डा. रामप्रसाद सापकोटाले जानकारी दिएका छन् ।
आमाको कोरोना रिपोर्ट नेगेटिभ नआउँदासम्म आमा र बच्चालाई अलग्गै राखिने उनले बताए ।
डा.सापकोटाले कोरोना संक्रमण नसरोस् भनी पूर्वतयारी गरेर अप्रेसन गरिएको बताए । भरतपुर अस्पतालले गर्भवतीको प्रसूतिका लागि कोभिड र ननकोभिड छुट्टाएर राखेको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।