नवलपरासी पश्चिम–नवलपरासी पश्चिममा बिभिन्न ठाउँबाट अबैध रूपमा नदीजन्य पदार्थ उत्खनन कार्यमा संलग्न रहेका ७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
शुक्रवार रामग्राम नगरपालिका–१२ मा रहेको झरही खोलामा अबैधरूपमा नदीजन्य पदार्थ मिस्कट, बालुवा गिट्टी उत्खनन गर्दै गरेको अवस्थामा लु २ त ९९३५ नम्बरको ट्याक्टर र सोही नगरपालिका–१२ स्थित तुरिया खोलाबाट अबैध रूपमा उत्खनन गरी मिस्कट बालुवा लोड गर्दै गरेको लु ३ त ८२१८ नम्बरको ट्याक्टरलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीको लागी रामग्राम नगरपालिका कार्यालय बुझाएको छ ।
यसैगरी जिल्लाकै पाल्हीनन्दन गाउँपालिका–३ पिपरहियास्थित झरही खोलाबाट अबैधरूपमा उत्खनन गरी निस्कट बालुवा लोड गर्दै गरेको अवस्थामा लु ४ त ३८५५, लु २ त २४१५, लु २ त ९७१९, ल २ त ८५९७ र ग २ त २७५८ नम्बरको गरी ५ वटा ट्याक्टरलाई सीमा प्रहरी चौकी महेशपुर, ईलाका प्रहरी कार्यालय अमानीगंज र प्रहरी चौकी गोबरहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।
नियन्त्रणमा लिएको उक्त ५ वटै ट्याक्टरलाई आवश्यक कार्यवाहीको लागी पाल्हिन्दन गाउँपालिकाको कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवसपरासीपश्चिमका प्रवक्ता राजु लामाले जानकारी दिएका छन् । कोरोना महामारीको मौका छोपी नदि र खोलाहरूमा गिट्टी बालुवा र मिस्कटको उत्खनन भइरहेको थियोे ।