काठमाडौं– मुलपानी तेक्वान्दो डोजाङले आयोजना गरेको ‘प्रथम काठमाडौँ भर्चुअल राष्ट्रिय खुला तेक्वान्दो (पुम्से) प्रतियोगितामा पूर्णिमा बस्नेत र भिजन तामाङले स्वर्ण पदक जितेका छन् ।
यु–१२ महिला एकलतर्फ विजेश्वरी आवासीय माविकी पूर्णिमा छ दशमलव ९३ अंक प्राप्त गर्दै पहिलो भए । उक्त स्पर्धामा मुलपानीकी मेलिना राई छ दशमलव ५० अंक प्राप्त गर्दै दोस्रो तथा गोदावरी फिट्नेसकी सरगम थापा र काभ्रेस्थलीकी सुस्मिता कार्की तेस्रो भयो । थापाले छ दशमलव ३० अंक र कार्कीले छ दशमलव २० अंक प्राप्त गरे ।
यस्तै यु–१२ पुरुष एकलतर्फ मुलपानीका भिजन छ दशमलव ३३ अंक जोड्दै पहिलो भएका हुन् । सोही स्पर्धामा काभ्रेस्थलीका मिराज केसी छ दशमलव २३ अंक प्राप्त गर्दै दोस्रो भए । मुलपानीका रोनिश नगरकोटी छ दशमलव १३ अंक तथा मुलपानीकै ईश्वर पराजुली छ दशमलव ०३ अंक ल्याई तेस्रो भएको आयोजक काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जानकारी दिए ।
काठमाडौँ जिल्ला तेक्वान्दो संघले आयोजना गरेको उक्त प्रतियोगितामा यू–१५ पुरुष एकलतर्फ कैलालीका अमनकुमार कठारियाले छ दशमलव २६ अंघ प्राप्त गर्दै स्वर्ण पदक जिते । मुलपानीका आयुश ढुंगेल छ दशमलव १४ अंकसहित दोस्रो तथा सैनिक महाविद्यालयका सुजन श्रेष्ठ छ दशमलव १३ अंक र योग्य राई छ दशमलव ०६ अंकसहित तेस्रो भए ।
यसैगरी यु–१५ महिला एकलतर्फ चितवनकी आँचल बजगाईँले स्वर्ण पदक जिते । उनले छ दशमलव ४६ अंक प्राप्त गर्नुभयो । मुलपानीकी प्रगति कुइँकेल छ दशमलव ३३ अंक प्राप्त गर्दै दोस्रो तथा विजेश्वरीकी प्राप्ति पुन छ दशमलव १६ अंक र काभ्रेस्थलीकी विनिशा खड्गी छ दशमलव १० अंकसहित तेस्रो भए ।
यसैगरी ३१–४० वर्ष उमेर समूहको पुरुष एकलतर्फ रूपन्देहीका सुरज श्रेष्ठले स्वर्ण पदक जिते । उनले पाँच दशमलव ९३ अंक प्राप्त गरे । सोही स्पर्धामा काठमाडौँ मैत्रीका रामचन्द्र व्यञ्जन्कार पाँच दशमलव ६६ अंकसहित दोस्रो भए ।
बागलुङका नन्द विष्ट पाँच दशमलव ५६ अंक तथा योन्सुफका दुर्गामान तामाङ पाँच दशमलव ३६ अंक प्राप्त गर्दै तेस्रो भए । प्रतियोगितामा १९ टोलीका १७० खेलाडीको सहभागिता रहेको अध्यक्ष खड्काले बताए ।