काठमाडौं– विश्वव्यापी महामारीको बीचमा समाजकसेवी रोजन उप्रेतीले नयाँ नेपाल समाजलाई सहयोग गरेका छन् ।
वर्षौँदेखि समाज सेवामा लाग्दै आएका उप्रेतीले बानेश्वरस्थित संगमचोकमा रहेको समाजलाई मंगलबार खाद्यान्न र रकम संस्थाका अध्यक्ष कृष्णबहादुर गुरुङलाई सहयोग हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष गुरुङका अनुसार समाजमा २२ जना साहराविहीन विद्यार्थी बस्दै आएका छन् । उक्त संस्थामा ५५ जना विद्यार्थी रहेको भए पनि बाँकी विद्यार्थीहरु लकडाउनभन्दा अघि आफ्ना र आफन्तकामा बस्दै आएको उनले बताए ।
अध्यक्ष गुरुङले भने, ‘हाम्रो संस्थालाई उहाँले निरन्तर रुपमा हाम्रो विद्यार्थीलाई चाहिने रासन, खाजा र रकमको सहयोग गर्र्दै आउनु भएको छ । हामीलाई उहाँजस्तो मनकारी व्यक्तिहरुले सहयोग गर्छन् भन्ने अपेक्षा राखेका छौँ ।’
समाजसेवी उप्रेतीले संस्थालाई दुई बोरा चामल तथा केही नगद दिएका छन् । उप्रेतीले उक्त संस्थालाई एक वर्षदेखि आफूले सक्ने सहयोग गदै आएको बताएका छन् ।
उप्रेतीले ०७२ को विनाशकारी भूकम्पबाट घरविहीन भएका धादिङ जिल्लाका गरिबलाई घर बनाउन सहयोग गरेका थिए ।