युएई – श्रीलंकाका भेट्रान बलर लासिथ मालिंगाले यस वर्षको इन्डियन प्रिमियर लिग (आईपीएल) गुमाउने भएका छन् ।
मुम्बई इन्डियन्सका फास्ट बलर मालिंगाले घरायसी कामको कारण आईपीएल नखेल्ने भएका हुन् ।
मुम्बईले बुधबार मालिंगाले आईपीएल नखेल्ने जनाएको छ । मालिंगा आईपीएलकै सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले आईपीएलमा १ सय ७० विकेट लिईसकेका छन् ।
गत वर्ष मुम्बईलाई चौंथो पटक उपाधि दिलाउन उनले उत्कृष्ट खेलेका थिए । मुम्बईले मलिंगाको स्थानमा अष्ट्रेलियाका फास्ट बलर जेम्स प्याटिनसनलाई टिममा अनुबन्ध गरेको छ ।
कोरोना भाईरसको कारण आईपीएलको १३ औं संस्करण युएईमा आयोजना हुँदैछ ।
आईपीएल सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुने तालिका रहेको छ ।
यसअघि चेन्नइ सुपर किंग्सका अलराउन्डर खेलाडी सुरेश रैनाले पनि खेल अघि नै खेल गुमाउँदै भारत फर्किसकेका छन् ।