‘अघि भर्खरै चोकबाट पुलिसले कोरोना समातेर लग्यो । मलाई छिटो छिटो टमाटर, स्कुस र दुईवटा अन्डा दिनु त,’ ७ भदौको झम्के साँझमा कार्यालयबाट फर्कँदै थिएँ । किराना पसलमा तरकारी किन्दै गरेकी महिलाको आवाजले झस्किएँ । उनको बुझाइ र प्रस्तुतिको शैलीले दिक्क बनायो । ‘कोरोना लाग्नु भनेको अपराध हो र प्रहरीले समातेर लैजानुपर्ने ?’ मेरो मनमस्तिष्कमा प्रश्नहरूले तँछाडमछाड गरे । हिजोआज यस्ता कैयौँ प्रश्नले घेरिएकी हुन्छु सधैँ । थन्क्याएर राख्ने ठाउैँ छैन ती प्रश्नहरू ।
उनै महिलाले फेरि थपिन, ‘स्वास्थ्यकर्मी, डाक्टर, पुलिस, पत्रकारलाई त झन् धेरै देखिएको छ रे । पत्रकार, पुलिस, डाक्टर, नर्स..., त्यो अनमिसनमी के के जाति हुन्छन् नि, ती कसैलाई पनि पसलमा आउन दिने होइन । म त घरपट्टीलाई भनेर पसल बन्द गराइदिन्छु ।’
झ्याप्प ब्रेक लागे जसरी मेरा पाइला रोकिए । मलाई केही किन्नु थिएन तर पनि तरकारी पसलतिर मोडिए र केही बेर ती महिलाको हाउभाउ निरीक्षण गरेँ । त्यतिकैमा पसले महिलाले ‘तरकारी किन्न आउँदा मास्क लाउन’ सचेत गराइन् । ‘मलाई कोरोना छ र ? मास्क लाउन पर्दैन हाम्ले ।’ पसलमा भए जति तरकारीको भाउ सोधे पनि दुईवटा अन्डा, एक पाउ गोलभेँडा र आधा किलो स्कुस लिएर फर्किन् उनी ।
पसलमा दिएको धम्कीबाटै उनीबारे बुझ्न सहज भइसकेको थियो । पसलेबाट थप जानकारी लिएँ मैले । सरकारी स्कुलकी माध्यमिक शिक्षिका । दिनको कम्तीमा चारपटक पसल आउँदी रहिछन् । ‘कराई बसाएर तेल किन्न र तरकारी ओइरिएर नुन किन्न पसल आएजस्तो बानी छ, आङ्खनो । अर्कालाई भाषण दिन्छे । एक हप्तालाई पुग्ने तरकारी एकैपटक लगे धेरै आउजाउ हुँदैनथ्यो नि, उसकै लागि मात्र पसल खोलेजस्तो । अरुलाई आउन नदिनु रे, रैथाने हुन्, बोल्न भएन,’ पीडा एकैसासमा ओकलिन् पसल्नी दिदीले । म केही नकिनी फर्किएको देखेर भनिन्, ‘चिन्ता नलिनू बहिनी, यस्ताले भन्दै गर्छन् । शिक्षित भनेर के गर्नु ? चेतना शून्य ।’
पसले दिदीतर्फ जबरजस्त एकसरो मुस्कान ङ्खयाँकेर बाटो लागेँ । कोरोनाको भन्दा पनि चेतनाशून्य समाजको कार्यशैलीले पोल्यो मलाई । सायद अग्रभागमा बसेर जोखिमपूर्ण भूमिकामा कर्तव्य पूरा गरेका सबैलाई मलाई जसरी नै पोलेको होला यस्ता व्यवहारले । बाटाभरि संक्रमितलाई गरिएको दुव्र्यवहार, चिकित्सक, नर्स, सुरक्षाकर्मीप्रतिको दृष्टिकोण, उनीहरूबारे फैलाइएको गलत प्रचारहरू मस्तिष्कमा घुमिरहे– सातामा तीन दिन कार्यालय जाने गरेकी एक जना साथीलाई घरबेटीले कोठा छाड्न भनेछन् । अल्पमतको जित, संकटमा पनि सुखमा पनि ।
उपत्यका बाहिरबाट आएर भाडामा बस्नेहरूको संख्या रैथानेभन्दा बढी भए पनि उनीहरू सधैँ घरबेटीबाट केही न केही विषयमा पीडित भइरहेछन् । बहुमतको पीडा अल्पमतमा धुमिल हुन्छ यहाँ सधैँ । कोरोना महामारीमा त झन् घरभेटीहरूको निर्देशन कडा, व्यवहार रुखो, अनेक तरहले निहुँ मात्र खोजिरहने ।
भर्खर लकडाउन सुरु भएका बेला सबै आ–आङ्खनो ज्यान जोगाउन घरभित्रै बसे । कति त माथिल्लो तलाबाट तल पनि झरेनन् । ढोकैमा कोरोना भाइरस यमराजको अनुहारमा बसेजस्तो ठानियो । हरियो तरकारी घाममा सुकाएर खाए । ढोका खोलेर बाहिर निस्कनु नपर्नेले पनि बेला बेला साबुन पानीले हात धोए । कागती पानी बेहिसाब पिए । बेसार र तातो पानी त अझ सरकारी बुटी भइहाल्यो । त्यस्तो भयभीत त्रासदीमा निजीबाहेक सरकारी अस्पतालका चिकित्सकहरूले आङ्खनो काम छाडेनन् । जागिर छाड्न घरपरिवारले दिएको दबाबमा एक डाक्टरले भनेकी थिइन्, ‘म पेसाप्रति इमानदार बन्नुपर्छ । संकटको समयमा आङ्खनो ज्ञान सन्दुकभित्र थन्क्याएर राखुँ ? तपाईं आङ्खनो पेसाबाट हात झिक्न सक्नु हुन्छ ? डाक्टर, पत्रकार, सुरक्षाकर्मीलाई पेसागत दायित्वबाट बाहिरिने छुट छैन ।’ सात पुस्तालाई पुग्ने सम्पत्ति भएका खानदानी परिवारकी एक्ली छोरी सेतो लुगा लाएर बिरामीको उपचारमा खटिइन् ।
उनको काम गराइले ममा अथाह प्रेरणा मिल्यो । आत्मविश्वासले भरोसा डग्न पाएन । सुरुआती दिनहरूमा संक्रमणको जोखिम कम भए पनि त्रासले सातो लिएको थियो । अहिले भने संक्रमणको संकट चुलिएको छ ।
एक उच्च सुरक्षा अधिकारीले भनेका थिए, ‘सुरक्षाकर्मीको पोसाक लाएकालाई मेसिन सम्झन्छ हाम्रो समाज । उनीहरूका पनि जहान, बालबच्चा, परिवार छन् र ऊ पनि मान्छे हो भन्ने बिर्सन्छ । सेवा प्रवेशमै हामीले मृत्युपत्रमा हस्ताक्षर गरेर बुझाएका त होइनौँ नि । तर, कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान पनि गुमाउनुपर्छ ।’
लकडाउन सुरु भएपछि पूर्व, पश्चिम र दक्षिणी सीमाबाट नेपाल प्रवेश गर्नेलाई नियन्त्रणमा लिन खटिएका सुरक्षाकर्मी नै संक्रमित भएको समयमा उनले पोखेको दुःखेसो निकै मार्मिक थियो, ‘अहिले आउन दिने हो भने निरोगी नेपाली आउँछन् । रोक्दा अवैध रूपमा प्रवेश गर्छन् । लुकेर बस्छन् । यदि संक्रमित रहेछन् भने अरुलाई सार्छन् । अनि झन् समस्या । त्यसैले चेकजाँच गरेर सम्बन्धित प्रदेशमै पु¥याउने व्यवस्थासहित स्वदेश फर्कन दिनुपर्ने हो । तर माथिको निर्देशन ‘कुनै पनि अवस्थामा प्रवेश नदिनू’ भन्ने छ ।’
नभन्दै त्यस्तै भयो । यत्ति सोच भएको नेतृत्व पनि हामीले पाएका रहेनछौँ । उनले आँखाबाट पीडाको खोलो बगाए, ‘संकटमा ज्यान जोखिममा राखी परिवार बिर्सेर काम गर्दा पनि जस पाइँदैन ।’
केही समयअघि एक जना फोटो पत्रकार मित्रले सुनाएको पीडा सम्झिएँ, ‘कोरोना आयो भन्थे, म क्षतविक्षत हुन्थेँ । जब कोठाभित्र पस्थेँ, बाहिरको पीडा बिर्सन्थेँ । काखे छोरीको अनुहारमा मातृत्वको धड्कन छाम्न आतुर देख्थेँ । न म लुगा फेर्न समय पाउँथेँ, न झोला बिसाउनै । उसलाई निकैबेर छातीमा टाँसेपछि बल्ल म घरायसी भूमिकामा सक्रिय हुन्थेँ । तर आमाको मन न हो, राति ठूलो सास लिँदा, ख्याक्क खोक्ता पनि डरले काँप्छ ।’
पछिल्लो समय संक्रमितप्रतिको दुव्र्यवहार सम्झँदै उनले भनेकी थिइन्, ‘चिकित्सक र स्वास्थ्यकर्मीमाथि भइरहेका अमानवीय व्यवहारले झस्कन्छु म, डराउँछु– कतै ममाथि पनि त्यस्तै व्यवहार हुने त होइन ? कुनै दिन घरभेटीले पत्रकारका कोठाका सामान फालिदिए, पत्रकारलाई भाडामा कोठा दिएनन् भने कसले सुनिदिन्छ हाम्रो आवाज ? आवाजविहीनहरूको आवाज बुलन्द गर्दै आएका हाम्रो पीडा कसले सुन्ला ?’
उनको मात्र होइन, पत्रकारितासँगै अत्यावश्यकीय सेवा क्षेत्रमा कार्यरत आममहिलाको दैनिकी हो यो । कामकाजी महिलाको यथार्थबाट हाम्रो समाज निकै टाढा छ । वास्तवमा जति ‘परिर्वतन’ देखिएको, ‘चेतनशील’ भएको भनी हामी गर्व गथ्र्यौं, समाजको मानसिकता हाम्रो बुझाइको तहसम्म पुगेकै रहेनछ । विकास र चेतना स्तरको हाम्रो बुझाइ भ्रम रहेछ । निषेधाज्ञाबीच पनि भएभरका टोलबासी बटुलेर स्वास्थ्यकर्मीका कोठा÷घर घेर्नेलाई के थाहा ? बाटोमा चरोमुसो निस्कन डराएको बेला कोरोनाविरुद्धको लडाइँमा अग्रमोर्चा समाल्नेका मनमा के बितिरहेछ ? आफन्तले आफन्त छुन डराएका बेला हरेक मान्छेको उपचारमा खटिने तिनै स्वास्थ्यकर्मी हुन् ।
पंक्तिकारको पनि कोरोना संक्रमणको त्रासमा पेसागत जिम्मेवारी निर्वाह गर्दा कैयौँपटक शरीर काँप्यो । परिवारका सदस्यको अनुहार सम्झँदा कैयौँ पटक मुटु ढक्क फुल्यो । कहिले काख रित्तो हुने डर त कहिले लालाबाला टुहुरा हुने चिन्ताले भित्रभित्रै मन जलाउँथ्यो । त्यो क्रम अहिले पनि टुटेको छैन । बरु झन् सामाजिक बहिष्कारको भय थपिएको छ ।
पछिल्ला दिनहरूमा कोरोना संक्रमितको मृत्यु दर बढ्दै गएको छ । जटिल स्वास्थ्य समस्या, दीर्घरोगी, यात्रा इतिहास नभएका र ४० वर्ष उमेर मुनिकाको पनि मृत्यु हुन थालेपछि समुदायमा कोरोनाप्रतिको त्रास अझ बढ्दै गएको छ । मृत्यु हुने क्रम बढ्दै जानु र संक्रमित राख्नका लागि आवश्यक मात्रामा आइसोलेसन सेन्टरको व्यवस्था हुन नसक्ता सर्वसाधरणहरू होम आइसोलसनमा बस्न बाध्य भएका छन् । यसले समुदायमा त्रास बढाउनुका साथै संक्रमितमाथि दुव्र्यवहारका घटना पनि बढाएका छन् ।
हातका औँलामा अट्ने संक्रमितहरू थपिँदा जटिल र दीर्घरोगी मात्रै जोखिममा रहेको बताउँदै आएको संघीय सरकारले भटाभट मृत्युको घटना सार्वजनिक भइरहँदा नियन्त्रणका लागि केकस्तो रणनीति बनाएको छ ? स्वास्थ्य मन्त्रालयको कर्मकाण्डी पत्रकार सम्मेलनमा जनताको सवालको जवाफ भेटिँदैन । सञ्चार मन्त्रीले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गरेको पत्रकार सम्मेलनमा जनताप्रति चासो र सरोकारका विषय फेला पर्दैनन् । संसद् चलिरहेका बेला ‘इटलीको अवस्था नआओस’ भन्दै पूर्वतयारी गर्न सरकारलाई झक्झक्याएका सांसदहरू सरकारले अधिवेशन नै अन्त्य गरिदिएपछि हाइसन्चोमा छन् ।
सरकारलाई झन् आनन्द । कुर्सीको खेल खेले पुगिगयो । कसैलाई बस्ने कुर्सी चाहिएको छ, कसैलाई बसेको कुर्सी छोड्ने मनै छैन । साढे तीनमहिने लकडाउभरि संघीय सरकार ‘काठमाडौंमा कोरोना भित्रिँदैनँ’ भन्ने भ्रममा दंग प¥यो । न हिमालले दुखायो, न पहाडले, न त तराईको पीडामा आँसु बगायो । बरु कहिले फुटाउन, कहिले जुटाउन र कहिले टुटाउन लिप्त रह्यो । कोरोना संक्रमणबाट बँच्नका लागि गर्नुपर्ने तयारीभन्दा आगामी साढे २ वर्षसम्म कुर्सी सुरक्षामा केन्द्रित भए उसका हरेक हत्यकण्डा ।
माघदेखि भदौ मध्यसम्म आइपुग्दा पनि कोरोना नियन्त्रणका लागि सरकारसँग न योजना छ, न त रणनीति † लकडाउनपछिको योजना के हो ? निषेधाज्ञापछिको कर्तव्य कस्तो हुने ? सरकार केही भन्दैन, ऊसँग कुनै योजना छैन ।
त्यसमाथि विदेशी एजेन्सीका मान्छेलाई सरकारी पत्रकार सम्मेलनमा बोलाएर ‘भयावह स्थिति सिर्जना हुन सक्छ’ भन्न लगाइन्छ । विज्ञानले प्रमाणित नगरेका कुरामा मनलाग्दी धारणा सुनाइन्छ ।
पछिल्ला दिन सामाजिक सञ्जालमा डाक्टर, नर्सहरूबारे नकारात्मक अभिव्यक्ति दिँदै ‘अस्पताल नजान’ प्रवाह भएका सन्देशहरू भाइरल हुँदै छन् । त्यस्ता सन्देश सुनेर डाक्टर, नर्सहरूले सेवा दिएनन् भने के होला देशको अवस्था, समाजको स्थिति ? ‘निषेधाज्ञामा बैंक कर्मचारीलाई आवातजावतमा अवरोध गरेको’ भन्दै विरोधमा बैङ्कहरूले भदौ ४ गते सबै सेवा ठप्प पारे । भोलि चिकित्सक, सुरक्षाकर्मी र सञ्चारकर्मीले आआङ्खनो काम ठप्प पारे भने के होला ? यसको जिम्मेवारी कसले लिने ?
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र संक्रमितमाथि गरिने दुव्र्यवहार र सामाजिक सञ्जालमा गरिने तथानाम गालीगलोज ‘तीनै तहका सरकार असफल गराउन जनतालाई दिइएको सन्देश हो’ तर जे भएरगरे पनि कसैलाई कारबाही हुँदैन । ‘यो देशमा कानुन छैन’ भन्ने गलत मानसिकताको उपज हो यो । केही दिनअगि नेपालको राष्ट्रिय झन्डा जल्यो । लगत्तै डाक्टरको पेसागत सेतो कपडा जल्यो । यी सबै घटनामा सिंहदरबार, बालुवाटार अनि मातहतका निकाय मौन बस्ने हो भने बिस्तारै स्थिति समालि नसक्नु हुने छ । कानुनको निष्क्रियतामा हाम्रो समाज थप अमानवीय बन्दै गएको छ । कोरोनाको नाममा संक्रमित र तिनको उपचारमा दिनरात खट्ने स्वास्थ्यकर्मी र चिकित्सकमाथि अमानवीय व्यवहार भइरहँदा मुलुकका कानुन सक्रिय हुन सकेनन् । स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलनको नित्यकर्म पूरा ग¥यो– स्वास्थ्यकर्मी र चिकित्सकलाई दुव्र्यवहार नगर्न अपिल गर्दछौँ । कुनै कानुनी संयन्त्रले नदेखेका ती घटना कसले नियन्त्रण गर्ने ? एउटा मान्छेले मान्छे हुुनुको गुणै गुमाइरहेका बेला हामी तैँ चुप मैँ चुप गरी बस्यौँ भने बाँकी केही रहँदैन । समाज फेरि ‘जसले जे गरे हुने’ जंगली युगमा पुग्ने छ ।
अध्यात्म र भौतिकवादको मझधारमा उभिएको मेरो मानसिकता निरन्तर सम्झन थालेको छ इष्टदेव र पशुपतिनाथलाई । विश्वका हरेक मान्छेले आपत्, विपत् र जीवनको अन्त्यमा भन्ने यही साझा अभिव्यक्ति छ, हे भगवान् ।
वास्तवमा पशुपतिनाथले चलाएको देश भन्थे पहिलेदेखि । हे पशुपतिनाथ, किन हात झिक्यौ यो देशबाट ? चलाइदेऊ न देश । एक चिम्टी विवेक देऊ मान्छेलाई । किन यहाँ मान्छेहरूलाई मानव कम र दानव बढी बनाइरहेछौ ?
रातोपाटी