१४ बर्षकी भावना पौडेल नेपालगञ्ज स्थित श्री ज्ञानोदय विद्या निकेतन बिद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । बुवा भानुभक्त शर्मा र आमा माया पौडेलको न्यानो कोखबाट नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १ धम्बोजीमा जन्मेकीहुन् । परिवारमा दुई जना भाई
छन् । उनी १ देखि ज्ञानोदय स्कुलमा अध्ययनरत छिन् । उनी कक्षा ९ की प्रथम बिद्यार्थी हुन् । कक्षा ८ को जिल्ला स्तरिय परिक्षामा प्रथम स्थान हाँसिल गरेकि भावनालाई पढाई सँगसँगै भलिबल, व्याडमिन्टन र खोखो खेल मन पर्छ ।
उनी बिद्यालयमा रहेको जुनियर रेडक्रस सर्कलको सचिब पनि हुन् । बुवा नेपालगञ्ज मेडिकल कलेजको दाँतको डाक्टर हुन् भने आमा पनि स्वास्थ्यकर्मी हुन् । भावना स्कुल साईकलमा आउँछिन् भने भाईहरु रिक्सामा आउने गर्दछन् । भावना पढाई बाहेक आमालाई भान्छामा सघाउने र भाईहरुलाई पनि गृहकार्य गराउने काम गर्छिन् । उनलाई सबै भन्दा मन पर्ने बिषय गणित बिज्ञान हो परिक्षामा जहिले पनि १०० मा ९० प्रतिशत ल्याउने गरेकि छिन् उनले । कक्षा १० पास गरिसके पछि बिज्ञान बिषय लिएर पढ्ने उनको विचार छ ।