
भक्तपुर–उपत्यकामा कोभिड–१९ संक्रमित बढ्दै गएपछि नेपाली सेनाले एकै दिनमा २२५ शैयाको आइसोलेशन वार्ड तयार पारेको छ ।
वीरदल गण सूर्यविनायकले एकै दिनमा २२५ शैयाको आइसोलेशन वार्ड तयार पारेको हो । संक्रमण बढ्दै गएपछि सेना र तिनका आश्रित परिवारमा राख्नको लागी एकै दिनमा उक्त आइसोलेशन वार्ड तयार पारेको हो । संक्रमणलाई सुरक्षित राखेर उपचारका गर्न आइसोलेशन वार्ड तयार पारेको हो ।
नेपाली सेनाको उपत्यका पृतनाअन्र्तगत वीरदल गणले एकै दिनमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीस्थित क्याम्पसको बिबीए ब्लकमा १५० र गणमा ७५ शैय्या गरी कुल २२५ शैयाको आइसोलेशन वार्ड तयार पारेको हो ।
गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेलले माथिबाट निर्देशन प्राप्त हुने बित्तिकै गणको टिमले महाविद्यालयको भवनको २५ कोठामा प्रति कोठा छ देखि १०सम्म बेड रहेको १५० शैयाको आइसोलेशन वार्ड एकदिनमा तयार पारेको बताए ।
कोरोना संमक्रण बढ्दै जाँदा उपत्यकाका अस्पतालमा आइसोलेसन अभाव हुदै गएपछि नेपाली सेनाले सैनिकका लागि छुट्टै तयार पारेको हो । उक्त आइसोलेशनमा मंगलबार देखि नै संक्रमित सैनिकलाई राखेर उपचार शुरु गरिने भएको छ ।
सोमबार सूर्यविनायकस्थित वीरदल गणमा तयार पारेको ७५ शैया क्षमताको आइसोलेसन भने संक्रमित सैनिकले भरिईसकेको छ ।
आइसोलेसनको व्यवस्थापन र सुरक्षाको जिम्मेवारी सेनाको उपत्यका पृतनाअन्तर्गतको वीरदल गणले गर्ने भएको छ । चिकित्सकीय सहितको स्वास्थ्यकर्मीको टोली, फोहोर व्यवस्थापन, खानपिनमा भने नेपाली सेनाको विरेन्द्र अस्पताल छाउनीले व्यवस्थापन गर्ने भएको छ ।
सैनिकका दुईवटै आइसोलेसनमा चिकित्सक पाँच÷पाँच जनाको स्वास्थ्य टोली परिचालन भएको छ ।
यसअघि पनि चीनको वुहानबाट सरकारले उद्धार गरी ल्याएका विद्यार्थी राख्न खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा २०० जना क्षमताको क्वारेन्टिनलाई २०८ शैय्याको आइसोलेसन, सानोठिमीको प्राविधिक प्रशिक्षण केन्द्र र युसेप तथा बोडेको कृषि विकास बैंकको भवनमा आइसोलेसनको व्यवस्थापन पनि वीरदल गणले नै गरेको थियो ।