१३ बर्पकी सोनी भाट नेपालगञ्ज स्थित श्री बागेश्वरी आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थी हुन् । बुवा समीर भाट रआमा हसिना भाटको न्यानो कोखबाट नेपालगन्ज उपमहानगर—पालिका वडा नं. १ धम्बोझीमा उनको जन्म भएको हो । परिवारमा उनीहरु चार भाईबहिनीछन् । उनी नर्सरी देखि यु केजी सम्म सेन्टथोमसमा, कक्षा १ मदरसामा र कक्षा २ देखि श्री बागेश्वरी आधारभूत स्कलुमा अध्ययनरत
छिन् । कक्षा २ देखि कक्षा ६ सम्म प्रथम आउँदै आएकी उनी हाल कक्षा ७ को मनिटरको रुपमा कार्यरत छन् । सोनीलाई पढ्न, खेल खेल्न, गीत सुन्न, नृत्य गर्न र धेरै साथीहरु बनाउन मन लाग्छ । सोनी अतिरिक्त क्रियाकलापमा हाजिरी जवाफ, बक्तृत्वकला, कुर्सी रेस, चम्चा रेसमा भाग लिई प्रथम स्थान समेत हाँसिल गरिसकेकिछिन् । उनले पढाईको अलवा भाईहरुलाई गृहकार्य गर्न सहयोग गर्ने, बिहान आमालाई घरको काममा सघाउने गर्छिन् । उनलाई एकदमै मन पर्ने साथी आफ्नै कक्षाको एस्टर रावत हुन् । सोनीको बुवा कला क्षेत्रमा संलग्न छन् भने आमा सेभ द चिल्ड्रेन र युनिसेफको सहयोगमा सञ्चालित किराना पसल चलाउँछिन् । उनका बुवाले बिभिन्न भोजपुरी चलचित्र खेल्नुका साथै नेपाली चलचित्र राज्जा रानी पनि खेलेकाछन् । सोनीको मन पर्ने शहर नेपालगञ्ज हो । उनी स्कुल कै पशुपति बाल क्लबकी अध्यक्ष समेत हुन् । उनको नेतृत्वमा रहेको बाल क्लवले बिद्यालयमा धेरै कार्यक्रमहरु गर्ने गरेको छ । सरसफाई कार्यक्रम, हाजिरी जवाफ, बक्तृत्वकला, हात धुने कार्यक्रम, नृत्य प्रतियोगिता बाल क्लबले गरिसकेकोछ । सोनी बिद्यालयमा कसैलाई चोट पटक लाग्यो भने मलमपट्टी लगाई दिने काम पनि गर्छिन् । सोनीलाई सब भन्दा मन पर्ने विषय गणित हो । उनले १०० मा ८० प्रतिशत नम्बर गणितमा ल्याउने गरेकि छिन् । एसईई सकेर डाक्टर पढ्ने उनको बिचारलाई कमजोर आर्थिक स्थितिले प्रभाव पार्छ कि भन्ने चिन्ता उनमा छ ।
- रुपा चौधरी