नेपालगञ्जका धेरै आकर्षण छन्, त्यसमा पनि खाना, खाजाका बिभिन्न परिकारहरुले पनि नेपालगञ्जलाई चिनाउँछ र सबैलाई लोभ्याउँछ । सेकुवा, पानीपुरी, चाट, राबडि, हलुवा पराठा नेपालगञ्जलाई सम्झाउने परिकार हुन् । नेपालगञ्जका चौलिक्कामा रहेको हलुवा पराठाको पसलले सबैलाई उहिले देखिनैं लोभ्याउँदै आएकोछ । दशकौं देखि हलुवा परौठाको पसल चलाउँदै आएका जलिल अहमद शेषको पसलको आकर्षण कहिल्यै घटेन । सानै देखि भारतमा अरुको पसलमा काम गरेर हलुवा पराठा बनाउन सिकेका उनले सो कार्य पछि आएर यहाँ गरे । उनको पहिलेको घर भारत हो । भारतबाट आएर पसल खोल्दा कोठा भाडामा बसेर पसल चलाएका उनले शुरुशुुरुमा ३÷४ किलो मात्र मैदाको पराठा बनाउँथे आजकाल दिनमा २० देखि ३० किलो जतिको मैदा पनि कम हुन्छ पराठाको लागि । उनका दुई जना भाई पनि सोही पसलमा काम गर्दछन् । उनको घरमा जम्मा १४ जनाको परिवार छ । सबै परिवार त्यहि पसलमा आश्रित छ । उनको पसलमा सयौं मान्छेहरु परौठा खान आउँछन् । जसबाट ८ देखि ९ हजार सम्म उनले आम्दानी गर्ने गरेकाछन् । उनले सोही पसलको आम्दानीबाट घर समेत बनाईसेका
छन् ।
- रुपा चौधरी