लन्डन – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सुखद सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा शनिबार फुलहमलाई ३–० गोल अन्तरले पराजित गर्दै आर्सनलले सानदार सुरुवात गरेको हो ।
सिजनको सुखद सुरुवात गर्ने क्रममा आर्सनलका लागि एलेक्जान्ड्रा लाकाजेट, ग्राबियल र पिएर एम्रिक आबुमियाङले एक एक गोल गरे । फुलहामको घरेलु मैदानमा आर्सनलले खेलको नवौं मिनेटमा लाकाजेटको गोलबाट अग्रता बनाएको थियो । विलियनले प्रहार फुलहमका गोलकिपर मारेक रोडकले रोकेपछि आएको रिबाउन्ड बलमा अनमार्क रहेका लाकाजेटले गोल गरेका थिए ।
लाकाजेट नयाँ सिजन प्रिमियर लिगमा गोल गर्ने पहिलो खेलाडी समेत बने । यस अघि उनी सन् २०१८ को सिजन पनि प्रिमियर लिगका पहिलो गोलकर्ता बनेका छन् । दोस्रो हाफमा आर्सनलले थप दुई गोल थप्दै लिगमा शानदार सुरुवात गरेको छ ।