काठमाडौं – नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरू गरि १ सय १९ जनाको कोरोना बीमा गराएको छ ।
विश्वमा महामारीको रूपमा कोरोना फैलिए सँगै संघले आङ्खना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरूको कोरोना बीमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना विमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए ।
‘हामीले पहिलो चरणमा १ सय १९ जनाको विमा गरेका छौं,’ महासचिव रेग्मीले भने, ‘अझै करिव ५० जना छन, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सवैको बीमा गर्दैछौं ।’
उनले सबै प्रदेश र जिल्लाहरूबाट बीमा गर्न छुटेका खेलाडीहरूको नाम संकलन गर्ने कामसमेत भइरहेको बताए ।
संघले जुनियर तथा सिनियर लेभलमा केही वर्ष देखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरूको कोरोना बीमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए । उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरूलाई समेत राहत बाँढ्नका लागि सवै जिल्लाहरूबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियम समेत संघले तयार पारिसकेको जानकारी दिए ।
अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफ) ले विश्वव्यापी रूपमा महामारीको रूपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस ङ्खर्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए ।