काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विदेशबाट ६१ हजार ७ सय १० नेपालीको उद्धार गरेको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै ३ सय ९६ मध्ये २७ जहाजको नियमति उडानमार्फत ३० देशबाट कोभिड–१९ कारण समस्यामा परेका ६१ हजार ७ सय १० जनाको उद्धार गरिएको सिसिएमसीले जनाएको हो ।
सिसिएमसीका अुनुसार युएईबाट सबैभन्दा बढी नेपालीको उद्धार गरिएको छ । युएईबाट १७ हजार २ सय ७३ नेपालीको उद्धार गरिएको सिसिएमसीले जनाएको छ । युएईपछि मलेसियाबाट ९ हजार ५ सय ८९, साउदी अरबबाट ९ हजार २ सय ६, कतारबाट ७ हजार ८ सय ७३ र कुवेतबाट ६ हजार ९ सय ६ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ ।
कुवेतपछि जापानबाट १ हजार ४ सय ९६, दक्षिण कोरियाबाट १ हजार १ सय ६५, बहराइनबाट १ हजार १ सय २८, अष्ट्रेलियाबाट १ हजार ९१, ओमानबाट ९ सय ७६, बंगलादेशबाट ८ सय ६५ र माल्दिभ्सबाट ८ सय ४५ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार माल्दिभ्सपछि टर्कीबाट ५ सय ७४, अमेरिकाबाट ४ सय २३, थाइल्यान्डबाट ३ सय २६, सिंगापुरबाट २ सय ९७, दक्षिण सुडानबाट २ सय ५०, चीनबाट २ सय ५०, बेलायतबाट २ सय २९, हङकङबाट २ सय २६, फिलिपिन्सबाट २ सय १ र इजरायलबाट १ सय २७ नेपाली फर्किएका छन् ।
यस्तै, इजरायलपछि पाकिस्तानबाट १ सय ११, अफ्रिकाबाट ६८, अफगानिस्तानबाट ५०, इराकबाट ३९, म्यानमारबाट २६, स्विट्जरल्यान्डबाट १० र श्रीलंकाबाट ५ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ ।
फर्किएकामध्ये प्रदेशमा ४४ हजार ४ सय ८१ जना गएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार बाग्मती प्रदेशका सबैभन्दा बढी १६ हजार ८ सय ५१ फर्किएका छन् । बाग्मती प्रदेशपछि प्रदेश १ बाट १३ हजार २७, प्रदेश न. ५ बाट १० हजार २ सय ९७, प्रदेश न.२ बाट १० हजार ५ सय, गण्डकी प्रदेशबाट ८ हजार ८२, सुदूरपश्चिम प्रदेशबाट १ हजार ५ सय ७१ र कर्णाली प्रदेशबाट १ हजार ३ सय ८२ फर्किएको सिसिएमसीले जनाएको छ ।
फर्किएका ६१ हजार ७ सय १० मध्ये १६ हजार ५ सय ३६ क्वारेन्टिनमा रहेको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार होटेलमा ४ हजार ७ सय ४, होममा ६ हजार ९ सय ६८ र स्थानीयमा ४ हजार ८ सय ६४ क्वारेन्टिनमा रहेका छन् । यस्तै, अस्पतालमा ६६ र अन्यमा ६ सयल ६ सय २७ जना रहेको सिसिएमसीले जनाएको छ ।