[caption id="attachment_10826" align="alignnone" width="640"]
नयाँ दिल्ली– भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।[/caption]
सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा
८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।
सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।
देशभरी अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ ।
भारतमा कूल सङ्क्रमितमध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरूको अनुपात
७८.२८ प्रतिशत रहेको छ ।
यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरूको भनाइ छ ।
उनीहरूका अनुसार अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकामध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमित महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् ।
भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ ।
केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरि घटेको देखिएको हो ।
कोरोनाभाइसबाट सङ्क्रमित भएकामध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् ।